२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

चराउन ल्याएका मौरीले टोकेर मोरङमा वृद्धको मृत्यु, ४ जना घाइते

६ पुष २०७९, बुधबार ०६:३२

पुस ६, काठमाडौँ | चराउन ल्याएका मौरीले टोकेर मोरङको कानेपोखरी गाउँपालिका–५ भौंसाबारीमा १ जना वृद्धको मृत्यु भएको छ । ४ जना घाइते भएका छन् । 

मौरीले टोक्दा कानेपोखरी–५ का ८४ वर्षीय टीकाराम भट्टको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार मौरीले टोकेर मंगलबार दिउँसो गम्भीर घाइते भएका वृद्धको उपचारका क्रममा रमाइलो हेल्थ केयरमा मृत्यु भएको हो । शव पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारे अस्पतालमा लगिएको छ । 

कानेपोखरी–५ का ६८ वर्षीय झबर यादव, ३६ वर्षीय मानबहादुर सुनार, २० वर्षीया जेनिसा राजवंशी र ५५ वर्षीय शोखलाल ऋषिदेव घाइते भएका छन् । सामान्य अवस्थाका उनीहरुको रमाइलो हेल्थ केयरमा उपचार गराइएको छ । चराउन ल्याउने क्रममा बिच्किएका मौरीले अन्य स्थानीयलाई पनि टोकेको प्रहरीले जनाएको छ । 

झापाको शिवसत्ताक्षी नगरपालिका–९ का ३८ वर्षीय ओमदेव बस्नेत र ४५ वर्षीय पशुपति अधिकारीले चितवनबाट गाडीमा राखेर मौरी चराउन कानेपोखरी ल्याएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार २२ घार मौरी चराउन ल्याएको खुलेको छ । गाडीबाट मौरीलाई चराउन निकाल्ने क्रममा एउटा घार भुइँमा खसेर फुटेको थियो । 

घार फुटेपछि बिच्किएका मौरीले वरपर हिँडडुल गरिरहेका स्थानीयलाई टोकेको प्रहरीले जनाएको छ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल