२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

१ करोड १५ लाखको लगानीमा ऐतिहासिक सामरी पौवाको पुनःनिर्माण

२०७९, ११ पुष सोमबार ०२:४७

पुस ११, त्रिशुली | विसं २०७२ को विनासकारी भूकम्पले क्षति पु-याएको नुवाकोटको म्यागङ गाउँपालिका–५ सामरी भञ्ज्याङमा अवस्थित ‘सामरी पौवा’को पुनःनिर्माण गरिएको छ । 

रु एक करोड १५ लाख लगानीमा पुरातत्व विभागमार्फत उक्त पौवाको पुनःनिर्माण गरिएको विभागका उपमहानिर्देशक तथा प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिनुभयो । स्थानीय बूढापाका तथा शिलालेखअनुसार विसं १७५० को दशकमा स्थानीय कालीदास खड्कामगरले बनाएको उक्त पौवामा नेपाल एकीकरणको क्रममा नुवाकोट आक्रमण गर्न आउँदा विसं १८०१ मा पृथ्वीनारायण शाहसहित उहाँको सैनिक फौज केही दिन उक्त स्थानमा बसेर युद्धको योजना बनाएको तथा खर्चको जोहो मिलाएकाले कारण ऐतिहासिक मानिएको पौवा भूकम्पले क्षति पु¥याएपछि खण्डहर बनेको थियो । गुठीको नाममा रहेको यस पौवा पुरातत्व विभाग (सरकारी पक्ष)बाट पुनःनिर्माण गर्ने की खड्का परिवारलाई नै सुम्पने लामो समयको अध्ययन, साक्षत्कार तथा प्राप्त इतिहासको आधारमा पुनःनिर्माणसहित पौवाको जिम्मेवारी लिइएको नुवाकोट दरबार हेरचाह तथा संरक्षण कार्यालयका प्रमुख अजुर्नप्रसाद फुयाँलले जानकारी दिनुभयो ।

उहाँको अनुसार यसअघिको मौलिकपन कायम राखेर पहिलाजस्तो थियो सोही स्वरुपमा पुनःनिर्माण गरिएको हो । सोसँगै रहेको पाटीलगायतका संरचनाको पुनःनिर्माणको लागी लागत इष्टिमेट (खर्चको अनुमान) तयार भएकाले आवश्यक थप संरचनाको पुनःनिर्माण आगामी आर्थिक वर्षबाट सुरु गर्ने विभागको छ । प्राप्त इतिहासअनुसार उक्त पाटी स्थानीय कालीदास खड्कामगरले व्यक्तिगत लगानीमा निर्माण गर्नुभएको थियो । गोरखाबाट यही बाटो हुँदै नुवाकोट आक्रमणको लागि आउनुभएका पृथ्वीनारायण शाहसहित उहाँको सैनिक फौज यही पौवा आसपासमा केही समय बसेर युद्धको योजनाको बनाएको कालीदासका सन्तान स्थानीय रामेश्वर खड्काले सुनाउनुभयो ।

उहाँको अनुसार पृथ्वीनारायण शाहलाई खड्का परिवारले उक्त पौवामा बस्नसहित कागज गराएर नगद, अन्नबाली, लत्ताकपडासमेत गरेर सो समयमा रु चार हजार ऋण दिएको थियो । सो ऋणको प्रमाण पेश गरेर आफ्नो पुर्खाले दिएको तत्कालीन राजा महेन्द्रवीरविक्रम शाहसँग फिर्ता लिएर विसं १९९० सालमा भूकम्पले क्षति पु-याएको उक्त पौवाको खड्का परिवारमार्फत नै मर्मतसम्भार गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने