१९ चैत्र २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

१ करोड १५ लाखको लगानीमा ऐतिहासिक सामरी पौवाको पुनःनिर्माण

११ पुष २०७९, सोमबार ०२:४७

पुस ११, त्रिशुली | विसं २०७२ को विनासकारी भूकम्पले क्षति पु-याएको नुवाकोटको म्यागङ गाउँपालिका–५ सामरी भञ्ज्याङमा अवस्थित ‘सामरी पौवा’को पुनःनिर्माण गरिएको छ । 

रु एक करोड १५ लाख लगानीमा पुरातत्व विभागमार्फत उक्त पौवाको पुनःनिर्माण गरिएको विभागका उपमहानिर्देशक तथा प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिनुभयो । स्थानीय बूढापाका तथा शिलालेखअनुसार विसं १७५० को दशकमा स्थानीय कालीदास खड्कामगरले बनाएको उक्त पौवामा नेपाल एकीकरणको क्रममा नुवाकोट आक्रमण गर्न आउँदा विसं १८०१ मा पृथ्वीनारायण शाहसहित उहाँको सैनिक फौज केही दिन उक्त स्थानमा बसेर युद्धको योजना बनाएको तथा खर्चको जोहो मिलाएकाले कारण ऐतिहासिक मानिएको पौवा भूकम्पले क्षति पु¥याएपछि खण्डहर बनेको थियो । गुठीको नाममा रहेको यस पौवा पुरातत्व विभाग (सरकारी पक्ष)बाट पुनःनिर्माण गर्ने की खड्का परिवारलाई नै सुम्पने लामो समयको अध्ययन, साक्षत्कार तथा प्राप्त इतिहासको आधारमा पुनःनिर्माणसहित पौवाको जिम्मेवारी लिइएको नुवाकोट दरबार हेरचाह तथा संरक्षण कार्यालयका प्रमुख अजुर्नप्रसाद फुयाँलले जानकारी दिनुभयो ।

उहाँको अनुसार यसअघिको मौलिकपन कायम राखेर पहिलाजस्तो थियो सोही स्वरुपमा पुनःनिर्माण गरिएको हो । सोसँगै रहेको पाटीलगायतका संरचनाको पुनःनिर्माणको लागी लागत इष्टिमेट (खर्चको अनुमान) तयार भएकाले आवश्यक थप संरचनाको पुनःनिर्माण आगामी आर्थिक वर्षबाट सुरु गर्ने विभागको छ । प्राप्त इतिहासअनुसार उक्त पाटी स्थानीय कालीदास खड्कामगरले व्यक्तिगत लगानीमा निर्माण गर्नुभएको थियो । गोरखाबाट यही बाटो हुँदै नुवाकोट आक्रमणको लागि आउनुभएका पृथ्वीनारायण शाहसहित उहाँको सैनिक फौज यही पौवा आसपासमा केही समय बसेर युद्धको योजनाको बनाएको कालीदासका सन्तान स्थानीय रामेश्वर खड्काले सुनाउनुभयो ।

उहाँको अनुसार पृथ्वीनारायण शाहलाई खड्का परिवारले उक्त पौवामा बस्नसहित कागज गराएर नगद, अन्नबाली, लत्ताकपडासमेत गरेर सो समयमा रु चार हजार ऋण दिएको थियो । सो ऋणको प्रमाण पेश गरेर आफ्नो पुर्खाले दिएको तत्कालीन राजा महेन्द्रवीरविक्रम शाहसँग फिर्ता लिएर विसं १९९० सालमा भूकम्पले क्षति पु-याएको उक्त पौवाको खड्का परिवारमार्फत नै मर्मतसम्भार गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फरार सांसद बस्नेतको बिदा संसदबाट स्वीकृत कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई राजावादी प्रदर्शनमा संलग्न थप २० जना पक्राउ कलंकीमा बिजुलीको पोलमा आगलागी  अमेरिकाबाट डिपोर्ट भएका भुटानी शरणार्थी नेपाल छिर्दै, चारजना नियन्त्रणमा तीनकुने प्रदर्शनमा मृत्यु भएका सविनको पोस्टमार्टम गरियो, आजै अन्त्येष्टि गुजरातमा पटाका कारखानामा विस्फोट, १० जनाको मृत्यु दीपक बोहोराको निधन राप्रपा र राष्ट्रवादी आन्दोलनमा अपूरणीय क्षति : लिङदेन बिमस्टेकमा भाग लिन प्रधानमन्त्री थाइल्याण्ड प्रस्थान यूएईले ६६ नेपाली बन्दीलाई दियो आम माफी, सरकारद्वारा कृतज्ञता व्यक्त दुर्गा प्रसाईंलाई माधव नेपालले भने– गाउँको हुल्लडबाज सुनसरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा पुरुषको मृत्यु, महिला घाइते क्वालालम्पुर नजिक ग्यासको पाइप पड्किँदा भीषण आगो लाग्यो प्रहरीको गोली लागेर घाइते रेविकाको न्यायका लागि विद्यार्थीको प्रदर्शन भारतमा दुई मालवाहक रेल आपसमा ठोक्किँदा दुई चालकको मृत्यु चुडामणि चापागाईं बने नेप्सेको सीइओ निलम्बन फुकुवाको मागसहित दोस्रो पटक सभामुखकहाँ पुगेका रविलाई सभामुखले के भने? थाइल्यान्ड भ्रमण टोलीमा छन् प्रधानमन्त्री ओलीसहित यी १९ सदस्य गुडिरहेको जिपबाट खसेर गाडी धनीको मृत्यु, चालक पक्राउ सुनको मुल्य इतिहासकै उच्च, तोलाकाे कतिमा हुँदैछ कारोबार?