६ मंसिर २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

मुस्ताङका कृषकलाई स्याउ बगैँचा व्यवस्थापनको चटारो

११ पुष २०७९, सोमबार ०३:३१

पुस ११, म्याग्दी | मुस्ताङका कृषकलाई हिजोआजा स्याउ बगैँचा व्यवस्थापनको चटारो छ । मुस्ताङको प्रमुख निकासीयोग्य कृषिउपज स्याउ हो । 

दाना टिपेर पात झरेर रित्ता बनेका स्याउका बोटबाट अनावश्यक हाँगा हटाउने, जरामा मल राख्ने, गोडमेल र सिँचाइ गर्ने काममा कृषक जुटेका हुन् । भदौ असोजमा स्याउको दाना टिप्ने गरिन्छ । फूल खेल्नु र हिउँ पर्नु अघिनै बगैँचा व्यवस्थापन गर्न जुटेका हुन् । हिउँ पर्ने समयमा स्याउ बगैँचाको उचित व्यवस्थापन गर्दा उत्पादन र गुणस्तर सुधार गर्न सकिन्छ । पुष माघ महिनामा कृषकले अनावश्यक हाँगा हटाउने गर्छन् । रोग किरा फैलिन नदिन सर्वो आयल र बोडो पेष्ट लगाउने गर्छन् । 

जरा वरफरको झार हटाएर खन्ने र भेडा, च्याङ्ग्रा, गाई, गोरुको मल हाल्ने गरिएको मार्फाका कृषक दीपक लालचनले बताउनुभयो । हिउँ परेपछि माटोले छोपेर राखिएको मल मिज्ने र जराबाट बिरुवालाई पौष्टिक तत्व आपूर्ति हुन्छ । स्याउको परागशेचनका लागि माइनस डिग्रीको तापक्रम आवश्यक पर्छ । अनावश्यक हाँगा नहटाउँदा उत्पादन र गुणस्तरमा असर गर्छ । दाना साना लाग्छन् । दानाको स्वाद मीठो हुँदैन । पालुवा र कोपिला पलाउनुअगावै स्याउका बोटमा हाँगा काँटछाँट गर्ने गरिन्छ । स्याउको हाँगा काटेर ग्राफ्टिङ गर्ने सिजन पनि यही हो । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको स्याउ जोन, कृषि ज्ञान केन्द्र र स्थानीय तहको कृषि शाखाले कृषकलाई बगैँचा व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गरेका छन् । बगैँचा व्यवस्थापनका सामग्री र बोडो पेष्ट उपलब्ध गराएको घरपझोङ गाउँपालिकाका कृषि शाखा प्रमुख रोशन थकालीले बताउनुभयो । स्याउ तथा फलफूलविज्ञ डा खेमबहादुर शाहीले कृषकलाई तालिम दिनुभएको छ । मुस्ताङमा यस वर्ष रु ५९ करोड मूल्य बराबरको स्याउ निकासी भएको छ । छ हजार पाँच सय ९७ मेट्रिक टन स्याउ उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । 

एक हजार चार सय ७५ हेक्टर जमिनमा स्याउ खेती विस्तार भएकोमा पाँच सय ८० हेक्टरमा लगाइएको स्याउ बोटले उत्पादन दिन्छन् । स्थानीय जातका अलावा ३८ हेक्टर क्षेत्रफलमा इटालीबाट ल्याइएको उच्च घनत्व प्रविधिको स्याउ खेती भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विराटनगर किंग्सले छान्यो ट्यालेन्ट हन्टबाट तीन उदयमान खेलाडी कीर्तिमानी अलराउन्डर साद बिन जफर लुम्बिनी लायन्सबाट खेल्ने ग्रेटर नेपाल अभियानका फणिन्द्र नेपाल प्रहरी नियन्त्रणमा विदेशमा पनि उत्कृष्ट कमाई गर्दै फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ महोत्तरीमा मन्दिरको शिवलिङ्ग भत्काएपछि स्थानीय आन्दोलित कोरिया जानबाट रोकिए ईपीएस अन्तर्गत छनोट भएका १४ सय श्रमिक आफूलाई बोक्सी लगाएर बिरामी बनाएको भन्दै हँसिया प्रहार गरी ५६ वर्षीय कर्णबहादुरको हत्या हवाइ इन्धन डिपोको ‘मिसन ०८४’: गुहेश्वरीमा अत्याधुनिक डिपो बनाउने खोला तथा सडक मापदण्ड खारेजीको माग गर्दै प्रदर्शन, बालेनलाई निषेध गर्ने तयारी मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै : गृहमन्त्री लेखक धनुषामा स्कुल बसको ठक्करबाट ३ वर्षीया बालिकाको मृत्यु भारतीय अर्बपति गौतम अडानीमाथि अमेरिकामा ठगीको आरोप सुनको भाउ निरन्तर बढेको बढ्यै, आज तोलाको कति पुग्यो ? कास्की र मनाङको सिमानमा भूकम्पको धक्का बीपी राजमार्ग दैनिक ७ घण्टा बन्द हुने मन्त्रिपरिषद् बैठक आज बस्दै टी–२० अलराउन्डरतर्फ दीपेन्द्र ऐरीको वरीयता यथावत्, भारतका हार्दिक पाण्ड्या शीर्षमा उपनिर्वाचन : ३१ जनाको उम्मेदवारी फिर्ता, ३७६ उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान जनताको सेवा प्रवाह प्रभावकारी बनाउन संघीयताको सबलीकरण आवश्यक : प्रचण्ड बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?