२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, ८७ लाख जरिवाना

२०७९, १३ पुष बुधबार ११:२५

पुस १३, रुपन्देही | रुपन्देहीको कोटहीमाई गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत तथा बोलपत्र मूल्यांकन समितिका अध्यक्ष नेत्रप्रसाद घिमिरेसहित ७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।


गाउँपालिका कार्यालय मझगाँवा रुपन्देहीका तत्कालीन प्रशासकीय अधिकृत तथा बोलपत्र मूल्यांकन समितिका नेत्रप्रसाद घिमिरे, इन्जिनियर,निर्माण सेवाका प्रोप्राइटरसमेत ७ जनाविरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए।

प्रवक्ता भण्डारीका अनुसार अनुसन्धानका क्रममा उनीहरुले ४३ लाख ७० हजार राजश्व चुहावट गरी भ्रष्टाचार गरेको पाइएको हो।  उनीहरुविरुद्ध राजश्व चुहावट रकम (४३ लाख ७० हजार) को दोब्बर ( ८७ लाख ४० हजार) को जरिमाना माग दावी गरिएको  छ।

रुपन्देहीको कोटहीमाइ गाउँपालिका वडा नम्बर १ स्थित दानव नदीको सिपवा नाकाबाट नदीजन्य पदार्थ उत्खन‍न गर्न २०७६/०७७ को टेण्डर प्रक्रियामा रकम बाँडेर टेण्डरको मूल्य घटाइ आर्थिक लाभ लिएको पाइएको अख्तियारको ठहर छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने