असोज २, परासी | परिवर्तनको शुरुवातका लागि व्यक्तिले पहिला आफ्नो मनलाई परिवर्तन गर्न आवश्यकता रहेको एक कार्यक्रममा जोड दिईएको छ । व्यक्तिले आफनो मनलाई परिवर्तन गर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज २, परासी | परिवर्तनको शुरुवातका लागि व्यक्तिले पहिला आफ्नो मनलाई परिवर्तन गर्न आवश्यकता रहेको एक कार्यक्रममा जोड दिईएको छ । व्यक्तिले आफनो मनलाई परिवर्तन गर"/>
२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

‘मन परिवर्तन गर्न सके सँसार सजिलै परिवर्तन हुन्छ’

२ आश्विन २०७३, आईतवार ०७:१६

असोज २, परासी | परिवर्तनको शुरुवातका लागि व्यक्तिले पहिला आफ्नो मनलाई परिवर्तन गर्न आवश्यकता रहेको एक कार्यक्रममा जोड दिईएको छ । व्यक्तिले आफनो मनलाई परिवर्तन गरि आफ्नो मन परिवर्तन गरे मात्र समाज परिवर्तन सम्भव रहेको सो कार्यक्रममा औल्याइएको थियो ।

सामुदायिक रेडियो परासीको आयोजना र भेट्रान समाज नेपाल अन्तरगतको स्वाध्यायन समाजको सहयोगमा परासीमा भएको अभिमुखिकरण कार्यक्रममा सहभागिहरुले यस्तो बताएका हुन । कार्यक्रममा पुर्ब महासेनानी एवम् भेट्रान समाजका अगुवा अभिराज आचार्यले मान्छेका ईच्छा आकाँक्षा जिज्ञासालाई समानान्तर ढङ्गबाट अगाडी बढाउदै मनलाई एकीकृत गर्न सकियो भने मान्छेले चाहेका हरेक सफलता  सजिलै प्राप्त गर्न सक्ने बताउनुभयो ।

सो सँस्थाका सँस्थापक अध्यक्ष समेत रहनुभएका आचार्यले आफुसँगै समाज, देश र राष्ट्रलाई जित्न सर्बप्रथम व्यक्तिले मनलाई स्वच्छ बनाई दृढ सँकल्प लिएर अगाडी बढ्नु पर्ने बताउनुभयो । अहिलेको आध्यात्मबादबाट अगाडि बढ्न सके सबैलाई सफलता प्राप्त हुने बताउनुभयो । 

रामग्राम नगरपालिका भित्र रहेका युवा तथा बिभिन्न सँस्थामा आबद्ध ४० जनाको सहभागिता रहेको उक्त प्रशिक्षण कार्यक्रमको सँयोजकत्व सामुदायिक रेडियो परासीकी समाचार सहायक सरु शर्माले गर्नुभएको थियो भने सहजिकरण सँस्थाका महासचिव सुबर्ण कुमार खड्काले गर्नुभएको थियो । कार्यक्रममा सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्ज का उपाध्यक्ष राजकुमार रेश्मि, प्रबन्ध निर्देशक मेघराज गौतम, नागरीक समाज नवलपरासीका अध्यक्ष शम्भु उपाध्याय लगायतले बोल्दै समाज रुपान्तरणका लागि यो अभियानले ठुलो सहयोग गर्ने भन्दै आगामी दिनमा यस्ता प्रशिक्षणलाई गाउँ केन्द्रीत पनि गर्नुपर्नेमा जोड दिनुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का