२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

पर्सामा निस्सासिएर दुई जना भारतीय नागरिकको मृत्यु

२०७९, २७ पुष बुधबार ११:५७

पुस २७, पर्सा । पर्सामा निस्सासिएर दुई जनाको मृत्यु भएको छ। 

वीरगञ्ज महानगरपालिका-२२ जगरनाथपुर त्रिपति ट्रेडिङ एन्ड सप्लायर्स कोइला डिपोमा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक गिरीले जानकारी दिए। भारत बिहार मोतीहारी जिल्‍ला थाना रक्सौलका २९ वर्षीय पवित्र गिरी र ३० वर्षीय मिथलेश यादवको मृत्यु भएको हो। यादव उक्त डिपोमा म्यानेजर हुन्। उनीहरू उक्त डिपोको रेखदेख गर्न एकतले पक्की भवनमा बस्दै आएका थिए। 

दुबै जना उक्त कोठामा सुतेकोमा बुधबार बिहान १० बजेसम्म पनि उनीहरूले ढोका खोलेनन्।  ढोका नखोलेपछि प्रहरीलाई खबर गरिएको थियो। उक्त खबर पाएपछि प्रहरीले ढोका फोडेको थियो। त्यतिञ्जेल उनीहरूको मृत्यु भइसकेको डिएसपी गिरीले बताए। घटनास्थलमा हेर्दा उनीहरूले कराइमा कोइला बालेर झ्याल ढोका बन्द गरी सुतेका थिए। कोठामा अक्सिजन कमी भएर उनीहरूको मृत्यु भएको हो। प्रहरीले थप अनुसन्धान अघि बढाएको बताएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ