माघ १, पोखरा | काठमाडौंबाट पोखराका लागि उडान भरेको यति एयरलाइन्सको एटिआर विमान दुर्घटनामा ३२ जनाको शव निकालिएको छ । चालक दलका सदस्यसहित ६८ यात्रु लिएर पोखरा उडेको उक्त विमान चरामा ठोक्किएर दुर्घटना भएको आशंका गरिएको छ ।
काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको–एन एएनसी एटीआर आइतबार बिहान सेती दोभानमा खसेको थियो ।
१० विदेशी यात्रु रहेको विमानमा घाइते अवस्थामा फेला पारिएका यात्रुहरुलाई पोखराका विभिन्न अस्पतालमा पुर्याइएको छ । अधिकांश घाइतेको अवस्था चिन्ताजनक रहेको छ । घटनाको थप विवरण आउन बाँकी नै छ ।