१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

स्कुल अफ डेमोक्रेसीले जनप्रतिनिधिलाई गर्यो सम्मान

४ माघ २०७९, बुधबार १२:०५

कमल घिमिरे  । माघ ४ । पाँचथर, स्कुल अफ डेमोक्रेसी नेपाल पाँचथरले जिल्लामा निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई सम्मान गरेको छ । 

नेपाली कांग्रेसको सुभेच्छुक सँस्था स्कुल अफ डेमोक्रेसीले नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि तथा साँसदलाई सम्मान पत्र द्वारा सम्मान गरेको हो । पाँचथरको फिदिममा एक कार्यक्रमको आयोजना गरी जिल्लाका ७ जना सांसद तथा प्रतिनिधिलाई सम्मान गरेको थियो ।

प्रदेश सभा सदस्य मैया श्रेष्ठ लावती, फिदिम नगरपालिकाका नगर प्रमुख मित्र प्रसाद काफ्ले, कुम्मायक गाउँपालिकाका अध्यक्ष बम प्रसाद लावती, मिक्लाजुङ गाउँपालिकाका उपाध्यक्ष सन्तोष शेर्मा, फिदिम ७ का वडा अध्यक्ष रुपेन्द्र तामाङ, फिदिम नगर कार्यसमिति सदस्य निर बहादुर धमला र जिल्ला समन्वय समिति अध्यक्ष राम राज आङदेम्बेलाई डेमोक्रेसीले सम्मान पत्र, खदा सहित सम्मान गरेको थियो । डेमोक्रेसीका बीस जना कार्यसमितिका पधादिकारीहरुलाई प्रमाण पत्र समेत प्रदान गरिएको थियो । 

वडा र टोल टोलमा डेमोक्रेसीको बारेमा प्रशिक्षण दिने र कांग्रेसलाई मजबुत बनाउनका लागी डेमोक्रेसी सँधै लागी पर्ने, प्रत्येक स्थानीय तहमा समिति गठन गर्ने डेमोक्रेसीका अध्यक्ष निर बहादुर धमलाले बताउनु भयो ।

कार्यक्रम डेमोक्रेसीका अध्यक्ष निर बहादुर धमलाको अध्यक्षता र नेपाली कांग्रेसका सह महामन्त्री भिस्मराज आङ्देम्बेको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै