२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

स्कुल अफ डेमोक्रेसीले जनप्रतिनिधिलाई गर्यो सम्मान

२०७९, ४ माघ बुधबार १२:०५

कमल घिमिरे  । माघ ४ । पाँचथर, स्कुल अफ डेमोक्रेसी नेपाल पाँचथरले जिल्लामा निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई सम्मान गरेको छ । 

नेपाली कांग्रेसको सुभेच्छुक सँस्था स्कुल अफ डेमोक्रेसीले नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि तथा साँसदलाई सम्मान पत्र द्वारा सम्मान गरेको हो । पाँचथरको फिदिममा एक कार्यक्रमको आयोजना गरी जिल्लाका ७ जना सांसद तथा प्रतिनिधिलाई सम्मान गरेको थियो ।

प्रदेश सभा सदस्य मैया श्रेष्ठ लावती, फिदिम नगरपालिकाका नगर प्रमुख मित्र प्रसाद काफ्ले, कुम्मायक गाउँपालिकाका अध्यक्ष बम प्रसाद लावती, मिक्लाजुङ गाउँपालिकाका उपाध्यक्ष सन्तोष शेर्मा, फिदिम ७ का वडा अध्यक्ष रुपेन्द्र तामाङ, फिदिम नगर कार्यसमिति सदस्य निर बहादुर धमला र जिल्ला समन्वय समिति अध्यक्ष राम राज आङदेम्बेलाई डेमोक्रेसीले सम्मान पत्र, खदा सहित सम्मान गरेको थियो । डेमोक्रेसीका बीस जना कार्यसमितिका पधादिकारीहरुलाई प्रमाण पत्र समेत प्रदान गरिएको थियो । 

वडा र टोल टोलमा डेमोक्रेसीको बारेमा प्रशिक्षण दिने र कांग्रेसलाई मजबुत बनाउनका लागी डेमोक्रेसी सँधै लागी पर्ने, प्रत्येक स्थानीय तहमा समिति गठन गर्ने डेमोक्रेसीका अध्यक्ष निर बहादुर धमलाले बताउनु भयो ।

कार्यक्रम डेमोक्रेसीका अध्यक्ष निर बहादुर धमलाको अध्यक्षता र नेपाली कांग्रेसका सह महामन्त्री भिस्मराज आङ्देम्बेको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने