१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

धार्मिक आस्थाको केन्द्र बन्दै गोदावरी धाम

७ माघ २०७९, शनिबार ०३:१५

माघ ७, कैलाली | धार्मिक रुपमा पवित्रस्थल मानिएको कैलालीको गोदावरी धाम धार्मिक आस्थाको केन्द्र बन्दै गएको छ । गोदावरी धाममा गत पुस ३० गते बाह्रराशि दर्शन मकरमेलाको शुभारम्भ गरिएको थियो । हरेक वर्ष झै यस वर्ष पनि उक्त मेलाको शुभारम्भ गरिएको हो । हालसम्म लाखौँ दर्शनार्थीहरु गोदावरी धाममा विभिन्न क्रियाकलापका लागि आएको गोदावरी धाम विकास समितिका अध्यक्ष पदमराज जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बाह्रराशि दर्शन मकरमेलाको पहिलो दिन विभिन्न स्थानबाट आएका भक्तजनको धाममा निकै घुइँचो लागेको थियो । हिजोआज पनि दिनहुँ हजारौँ बढी भक्तजन आउने गरेका छन् । धाममा विभिन्न धार्मिक गतिविधि भइराख्ने भएकाले नेपालका मात्रै नभई छिमेकी राष्ट्र भारतका विभिन्न स्थानबाट समेत भक्तालु तथा दर्शनार्थी आउने गरेका छन् । भारतको राजस्थान, पञ्जाब, दिल्ली, लखनऊ, उत्तराखण्ड, बरेली, हरियाणालगायत स्थानबाट दर्शनार्थी आउने गरेको समितिका अध्यक्ष जोशीको भनाइ छ । 

नेपालको सुदूरपश्चिमलगायत, कर्णाली, लुम्बिनी प्रदेशबाट मानिस गोदावरी धाममा आउने गरेको आयोजकले बताएको छ । धाममा पाञ्चायन देवताको पाँच पुराण र चारवेद पाठ भइरहेको छ । ग्रहपूजा, हवन, ध्यान, योग, जपलगायत धार्मिक क्रियाकलाप भइरहेको छ । दिनहुँ सयभन्दा बढी व्रतबन्ध, विवाह जस्ता धार्मिक कार्यक्रम भइरहेको छ ।  

मेलाकै अवसरमा बाह्रराशि नवग्रह, २७ नक्षेत्रको स्थापना तथा लक्ष्यहवन, विभिन्न पुराण पारायण, भजनकीर्तन, प्रवचन आदि भइरहेको आयोजक गोदावरीधाम विकास समितिले जनाएको छ । माघ महिनामा विभिन्न धार्मिक कार्यक्रम तथा शुभकार्य गरिने भएकाले पनि यस समयमा झनै मानिसको घुइँचो लाग्ने गरेको छ । धाममा कुम्भबाटिका, स्नान कुण्डलगायत संरचना निर्माण गरिएका छन् । मेलाको लागि गोदावरीमा स्थानीय बजार लागेका छन् । यस समयमा १२ दिनसम्म आआफ्नो राशिको ग्रह पूजा, ग्रह शान्ति र अन्य पूजा गर्न सकिने छ ।

धार्मिक रुपमा पवित्रस्थल मानिएको कैलालीको गोदावरी धाममा धर्मशाला, शौचालय, नदी वारपार गर्नका लागि पुललगायत विभिन्न संरचना निर्माण गर्न एकदमै आवश्यक रहेको गोदावरी धाम समितिले जनाएको छ । धामको विकास तथा प्रवद्र्धनका लागि प्रदेश सरकारले बृहत गोदावरी धाम विकास समिति गठन गरेर आफ्नो मातहतमा लिई संरक्षण गर्न जरुरी रहेको धाम विकास समितिका अध्यक्ष जोशीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै