२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दुर्घटनामा मृत्यु हुने चारै जना स्वास्थ्यकर्मी, रमाइलो गरेर फर्किँदा जिप दुर्घटना

२०७९, ८ माघ आईतवार ११:०९

माघ ८, सुर्खेत | आइतबार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ स्थित झुप्रा खोला नजिक भएको जिप दुर्घटनामा मृत्यु हुने चारै जना स्वास्थ्यकर्मी भएको खुलेको छ ।  मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–७ बस्ने दैलेख भैरवी गाउँपालिकाका २७ वर्षीया सागर शाही, दैलेख भगवतीमाई गाउँपालिका–५ का ३१ वर्षीय बबिन शाही, दैलेख डुङगेश्वर गाउँपालिका–३ का ३३ वर्षीय दिपेन्द्रजङ्ग शाही, गुराँस गाउँपालिका–३ का ३६ वर्षीय राजेन्द्र बिसी छन् ।

उनीहरुको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल कालागाउँमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी माधव प्रसाद श्रेष्ठले बताए । यस्तै गाडीमा सवार भैरवीकै वीरेन्द्रबहादुर शाही घाइते भएका छन् । मृतकमध्ये सागरले वीरेन्द्रनगरमा रारा मेडिकल सप्लायर्र्स चलाउँदै आएका थिए भने बाँकी तीन जना सम्बन्धित पालिकाको स्वास्थ्य संयोजक हुन् । 


रत्न राजमार्गमा छिन्चुदेखि वीरेन्द्रनगरतर्फ आउँदै गरेको बा.प्र.०१०२६च.९२१३ नं.को उक्त जिप आइतबार बिहान साढे २ बजे झुप्रा खोला नजिक दुर्घटनामा परेको थियो । प्रहरीका अनुसार गाडी सडकदेखि करिब २० मिटर तल खसेको थियो । 

प्रहरीकाअनुसार भगवतीमाई गाउँपालिकाका संयोजक समेत रहेका बबिनको शरीरका विभिन्न भागमा चोट लागेको थियो भने उनको उपचारका बिहान ५ बजेतिर मृत्यु भएको थियो । डुङगेश्वर गाउँपालिकाको स्वास्थ्य संयोजक दिपेन्द्र जङ्ग शाहीको टाउको, शरीरको बिभिन्न भागमा चोट लागेको थियो भने गुराँस गाउँपालिका स्वास्थ्य संयो बिसीको पनि टाउको, शरीरको विभिन्न भागमा चोट देखिएको प्रहरीको भनाइ छ । 

शनिबार कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयलले  एचएमआइएस, भिएसआइएस, इएलएस सम्बन्धी तीन दिने समीक्षा गोष्ठीको प्रदेश राजधानी वीरेन्द्रनगरमा आयोजना गरेको थियो । उक्त गोष्ठीमा दैलेख र सुर्खेतका स्थानीय तहमा कार्यरत स्वास्थ्य प्रमुखहरुलाई बोलाइएको थियो । 

सोही गोष्ठीमा सहभागी हुन् आएका थिए, उनीहरु । सागर भैरवीकै भएपनि वीरेन्द्रनगर बस्छन् र यतै स्वास्थ्य रारा मेडिकल सप्लायर्र्स चलाउँछन् । शनिवारको गोष्ठी सम्पन्न भएपछि स्वास्थ्यकर्मी नै भएको नाताले बेलुकीपख सागरसँग भेट भयो । लामो समयपश्चात भेट भएको भन्दै सागरकै गाडीमा उनीहरु साँझपख भेरीगंगा नगरपालिका १ मा रहेको एक कटेजमा रमाइलो गर्ने भन्दै वीरेन्द्रनरबाट निस्किए ।

राति अबेरसम्म खानपिन गरेर करिब १२ बजेतिर पाँचै जना वीरेन्द्रनगरतर्फ फर्कँदै थिए । उनीहरु सवार गाडी सागर शाहीले नै चलाएका थिए । 

सवार गाडीले भेरी नदी क्रस ग¥यो । रातको समय भएकाले हुस्सुले सडक ढाकेको थियो । गीतको तालमा जब उनीहरु झुप्रा खोला जाने बाटो क्रस गरेर करिब तीन सय मिटर अगाडि पुगे, सडक छेउमा निर्माण गरिएको डिभाइडरमा गाडी एकाएक बजारिन पुगेको थियो ।

 गाडी ६ वटा डिभाइडर भत्काउँदै सडकभन्दा २० मिटर तल बजारियो । ४ जना गाडी चालक सागर, राजेन्द्र, दिपेन्द्र र बबिन गम्भीर घाइते भइसकेका थिए । वीरेन्द्रले प्रहरीलाई फोन गरेपछि बिहान करिब साढे २ बजेतिर प्रहरीले उनीहरुको उद्धार गरी प्रदेश अस्पताल सुर्खेत पु¥याएको पनि चार जनालाई बचाउन नसकिएको अधिकारी माधव प्रसाद श्रेष्ठले बताए । 

उनीहरुले मदिरा सेवन समेत गरेको प्रहरीको भनाइ छ । प्रदेश अस्पतालमा उपचारत घाइते वीरेन्द्रले भने,‘गाडी स्पिडमा पनि थिएन, हस्सु पनि लागको थियो, गीत सुन्दै यात्रा गरिरहँदा, खै एक्कासी के भयो भयो, गाडी खसेपछि म सडकको साइडवालतिर परेछु, जसोतसो गरी उठेजस्तो लाग्छ, पछि प्रहरीलाई फोन गरेछु, त्यसपछि मलाई कहाँ के भयो थाहै भएन ।’ 

चार जना युवा स्वास्थ्यकर्मीको निधनले दैलेखको स्वास्थ्य क्षेत्र शोकमा डुबेको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखले एक विज्ञप्ति जारी गर्दै चार जनाको निधनले दैलेखको स्वास्थ्य क्षेत्रमा ठूलो क्षति पुगेको जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत मृतकप्रति श्रद्धासुमन व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ