२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

पहिरोले बेगखोलाका ३४ घरपरिवार विस्थापित, ११ घर उच्च जोखिममा

२०७३, ३ आश्विन सोमबार ०७:३६

असोज ३, म्याग्दी । म्याग्दीको बेगखोला गाविसको बाँसबोट, लिस्ने र भजनी गाउँमा खसेको पहिरोका कारण ३४ घरपरिवार विस्थापित भएका छन् । 

शुक्रबार र शनिबार राति परेको अविरल वर्षासँगै जमिन धाँजा फाटेर बग्न थालेपछि तीन गाउँका ३४ परिवार विस्थापित हुनाका साथै थप ११ घर पहिरोको उच्च जोखिममा परेका छन् । 

गाउँको दुवैतिरबाट पहिरो खसेर जमिन बगेपछि पीडितलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोका कारण जोखिममा परेको वस्तीलाई रेडक्रस, पत्रकार, प्रहरी र स्थानीयवासीको सहयोगमा गाविस भवनमा सारिएको स्थानीय युवा विमल फगामीले बताउनुभयो । पहिरोले बाँसबोट गाउँ जाने झोलुङ्गे पुलमा क्षति पु¥याएको छ भने वर्षा भए पुनः पहिरो जाने सम्भावना रहेको उहाँले जानकारी दिनुभयो । 

विस्थापित परिवारलाई जिल्ला रेडक्रस शाखामार्फत कम्बल, त्रिपाल र ब्लाङ्केट उपलब्ध गराइएको छ । पहिरोको जोखिम कायमै रहेको हुँदा आवश्यक सतर्कता अपनाई पीडितलाई खाद्यान्नलगायत आधारभूत सहयोग गरिएको प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले जानकारी दिनुभयो । उहाँले पहिरोबाट थप क्षति हुन नदिन, अवरुद्ध सडक, पुल र विद्युत् सेवा सञ्चालन गर्न सम्बन्धित निकायमा पहल गरिएको बताउनुभयो । 

गत भदौ दोस्रो सातादेखि नै बेगखोलाको बाँसबोट र लिस्ने गाउँमा पहिरो झर्न थालेको थियो । शुक्रबार रातिको अविरल वर्षाले गाउँको जमिन चिराचिरा परेर पहिरो खस्ने खतरा बढेपछि उनीहरुलाई सुरक्षित ठाउँमा सारिएको छ । प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले गाउँको दुवैतिरबाट पहिरो झरे पनि हालसम्म कुनै मानवीय क्षति नभएको बताउनुभयो । 

यसैबीच वर्षाकै कारण शनिबार राति बेगखोलाको ठाडोखोलामा आएको बाढीले बेगखोलाका नन्दबहादुर भट्टचन र झिल्के श्रेष्ठको घरमा क्षति पु¥याएको छ । त्यस्तै कुमारी गर्बुजा र सुनमाया सिंजालीको घर बाढी कटानको उच्च जोखिममा परेको छ । बाढीले बेनी–जोमसोम सडक बगाएपछि मुस्ताङको स्याउ ढुवानी, सोह्रश्राद्धका तीर्थयात्री, पर्यटक, कर्मचारी र सर्वसाधारणले सास्ती भोग्नुपरेको छ । बाढीका कारण वारपार गर्न समस्यामा परेका सर्वसाधारणलाई नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र र स्थानीयको सहयोगमा आवतजावत गराएको छ । 

त्यसैगरी अवरुद्ध सडक खुलाउन र बाढी पन्छाउन सडक विभागको डोजर परिचालन गरिएको छ । गत भदौ १६ गते मध्यरातमा बेगखोलाको ठाडोखोलामा आएको बाढीले ११ घरसहित बेनी–जोमसोम जोड्ने सडकको बेगखोलामाथिको पक्की पुल र झोलुङ्गे पुल बगाएको थियो । उक्त बाढीका कारण अन्य तीन घर प्रभावित भएका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने