२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

पहिरोले बेगखोलाका ३४ घरपरिवार विस्थापित, ११ घर उच्च जोखिममा

३ आश्विन २०७३, सोमबार ०७:३६

असोज ३, म्याग्दी । म्याग्दीको बेगखोला गाविसको बाँसबोट, लिस्ने र भजनी गाउँमा खसेको पहिरोका कारण ३४ घरपरिवार विस्थापित भएका छन् । 

शुक्रबार र शनिबार राति परेको अविरल वर्षासँगै जमिन धाँजा फाटेर बग्न थालेपछि तीन गाउँका ३४ परिवार विस्थापित हुनाका साथै थप ११ घर पहिरोको उच्च जोखिममा परेका छन् । 

गाउँको दुवैतिरबाट पहिरो खसेर जमिन बगेपछि पीडितलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोका कारण जोखिममा परेको वस्तीलाई रेडक्रस, पत्रकार, प्रहरी र स्थानीयवासीको सहयोगमा गाविस भवनमा सारिएको स्थानीय युवा विमल फगामीले बताउनुभयो । पहिरोले बाँसबोट गाउँ जाने झोलुङ्गे पुलमा क्षति पु¥याएको छ भने वर्षा भए पुनः पहिरो जाने सम्भावना रहेको उहाँले जानकारी दिनुभयो । 

विस्थापित परिवारलाई जिल्ला रेडक्रस शाखामार्फत कम्बल, त्रिपाल र ब्लाङ्केट उपलब्ध गराइएको छ । पहिरोको जोखिम कायमै रहेको हुँदा आवश्यक सतर्कता अपनाई पीडितलाई खाद्यान्नलगायत आधारभूत सहयोग गरिएको प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले जानकारी दिनुभयो । उहाँले पहिरोबाट थप क्षति हुन नदिन, अवरुद्ध सडक, पुल र विद्युत् सेवा सञ्चालन गर्न सम्बन्धित निकायमा पहल गरिएको बताउनुभयो । 

गत भदौ दोस्रो सातादेखि नै बेगखोलाको बाँसबोट र लिस्ने गाउँमा पहिरो झर्न थालेको थियो । शुक्रबार रातिको अविरल वर्षाले गाउँको जमिन चिराचिरा परेर पहिरो खस्ने खतरा बढेपछि उनीहरुलाई सुरक्षित ठाउँमा सारिएको छ । प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले गाउँको दुवैतिरबाट पहिरो झरे पनि हालसम्म कुनै मानवीय क्षति नभएको बताउनुभयो । 

यसैबीच वर्षाकै कारण शनिबार राति बेगखोलाको ठाडोखोलामा आएको बाढीले बेगखोलाका नन्दबहादुर भट्टचन र झिल्के श्रेष्ठको घरमा क्षति पु¥याएको छ । त्यस्तै कुमारी गर्बुजा र सुनमाया सिंजालीको घर बाढी कटानको उच्च जोखिममा परेको छ । बाढीले बेनी–जोमसोम सडक बगाएपछि मुस्ताङको स्याउ ढुवानी, सोह्रश्राद्धका तीर्थयात्री, पर्यटक, कर्मचारी र सर्वसाधारणले सास्ती भोग्नुपरेको छ । बाढीका कारण वारपार गर्न समस्यामा परेका सर्वसाधारणलाई नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र र स्थानीयको सहयोगमा आवतजावत गराएको छ । 

त्यसैगरी अवरुद्ध सडक खुलाउन र बाढी पन्छाउन सडक विभागको डोजर परिचालन गरिएको छ । गत भदौ १६ गते मध्यरातमा बेगखोलाको ठाडोखोलामा आएको बाढीले ११ घरसहित बेनी–जोमसोम जोड्ने सडकको बेगखोलामाथिको पक्की पुल र झोलुङ्गे पुल बगाएको थियो । उक्त बाढीका कारण अन्य तीन घर प्रभावित भएका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…