१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

सुसाइड नाेट लेखेर अर्का व्यवसायीले गरे आत्महत्या

१२ माघ २०७९, बिहीबार ०५:२९

माघ १२, काठमाडौँ । विराटनगरमा एक व्यवसायीले आर्थिक भार खेप्न नसकेको जनाउँदै आत्महत्या गरेका छन्। विराटनगर महानगरपालिका ३ पोखरियाका ५७ वर्षीय मोहन न्यौपानेले बुधबार घरमै आत्महत्या गरेका हुन्।

विराटनगर शनी रोडमा शिखर इलेक्ट्रिक पसल सञ्चालन गर्दै आएका न्यौपानेलाई आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय, माेरङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दिपककुमार श्रेष्ठले बताए।

माेरङ इलेक्ट्रिक संघका पूर्व अध्यक्ष समेत रहेका न्यौपानेले लेखेर छाडेको तीन पन्नाको सुसाइड नाेट भेटिएको छ। जसमा उनले बुबाआमासहित परिवारलाई सम्बोधन गर्दै बैंक र ऋणका कारण आफूले मृत्युवरण गर्नु परेको उल्लेख छ। सुसाइड नाेटअनुसार न्याैपानेले व्यवसायका लागि सांग्रिला बैंकबाट १ करोड ४५ लाख ऋण लिएका थिए। बैंकको किस्ता ५ लाख गरी १ करोड ५० लाखको आर्थिक भार रहेको सुसाइड नाेटमा उल्लेख छ। त्यसैगरी, अर्को एक सहकारीमा १० लाख ऋण रहेकाे छ। शिखर इलेक्ट्रिक बुबाको नाममा रहेकाे छ। न्याैपानेले नाेटमार्फत् बैंकले रोक्का गर्न सक्ने आशंका गर्दै बुवाको नामको मुद्धति खातामा रहेको रकम निकालेर अन्यत्र राख्न सुझाव दिएका छन्।

मोरङ व्यापार संघका कार्यकारिणी सदस्य तथा विद्युतीय सामग्रीका व्यवसायी गोपाल अग्रवालले आर्थिक क्षेत्रमा देखिएको संकटले व्यवसायीमाथि दवाव र तनाव दुवै बढ्दै गएको बताए। पोखरियास्थित उनको छिमेकी तथा नेपाली कांग्रेस प्रदेशसभा सदस्य भीम पराजुलीले आर्थिक भारले व्यवसायी उच्च तनाव रहँदा समस्या देखिएको बताउँछन्।

उनले भने, ‘हिजो काठमाडौँमा इलामका व्यवसायीले आगो लगाएर मृत्युवरण गरे। आज विराटनगरमा अर्का व्यवसायीले झुण्डिनु परेको अवस्था छ। यो सरकार, जनताको अभिभावक कहाँ छ? लिएको ऋणका कारण आज एकपछि अर्कोले ज्यान गुमाउनु परेको छ। अब सरकारले यसबारे समाधान निकाल्न जरुरी भइसकेको छ। सरकार निरीह भएर बस्नुको औचित्य छैन।’

न्याैपानेकाे काेठामा भेटिएकाे सुसाइड नाेट:



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह