साथीको घरमा लगेर दुई किशोरी बलात्कार, दुई जना पक्राउ

साझासवाल
1 Min Read

<p><b>माघ १२, काठमाडौँ |&nbsp;</b>१७ वर्षीया र १६ वर्षीया दुई किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।<br></p><p>पक्राउ पर्नेहरूमा ढोरपाटन नगरपालिका–७ बोबाङ बस्ने २२ वर्षीय आयुष विक र २१ वर्षीय जीवन विक रहेका छन्। उनीहरूलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।</p><p>आयुषले आफ्नै घरमा १६ वर्षीया किशोरीलाई मंगलबार राति बलात्कार गरेको र जीवनले आयुषकै घरमा माघ ४ गते राती १७ वर्षीया किशोरीलाई बलात्कार गरेको प्रहरी चौकी ढोरपाटनले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>

Leave a Comment

Leave a Reply