२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरामा सहकारी सञ्चालकद्वारा आत्महत्या

२०७९, १६ माघ सोमबार ०५:४९

माघ १६, पोखरा | कास्कीको पोखरा महानगरपालिका-९ शिव टोलमा एक सहकारी सञ्चालकले आत्महत्या गरेका छन् । डल्फिन बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक ३८ वर्षीय लेखुराम खातीले आइतबार साँझ ७ बजेतिर घरमै झुन्डिएर आत्महत्या गरेको वडा प्रहरी कार्यालय बैदाम प्रमुख युवराज भण्डारीले जानकारी दिए । खाती ह्याप्पी पानी उद्योग सञ्चालकसमेत रहेको खुलेको छ । 


घटनापछि खातीकी श्रीमती सिर्जना खड्का बेहोस् अवस्थामा छिन् । उनको उपचार गण्डकी मेडिकल कलेजमा उपचार जारी छ ।

खातीमाथि बचतकर्ताको रकम फिर्ता गर्न नसकेको भन्दै सञ्चालक समिति र सेयर सदस्य दबाब दिएको र ऋणको बोझले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिरक अनुसन्धानमा खुलेको छ । उनी आबद्ध सहकारी सञ्चालक समितिको आजै बैठक बसेको थियो । बैठक सकिएपछि खातीले आत्महत्या गरेको जनाइएको छ ।

मृतक खातीको खल्तीमा तिर्नुपर्ने रकम विवरणसहितको चिट समेत भेटिएको प्रहरीले जनाएको छ । खातीले धेरै ऋण रहेको र दुई/तीन दिनअघिसम्म साथीभाइसँग सापटी माग्दै हिँडेको उनका निकटस्थहरूले बताएका छन् । उनका साथी अशोक राईका अनुसार खातीमाथि चर्को ऋण थियो । पछिल्लो समय उनी कार्यरत म्यानेजर डल्फिन बचत तथा ऋण सहकारी संस्था नाजुक हुँदै गएपछि उनी दबाब महसुस गर्न थालेका थिए ।

खाती परिवार पहिले सुकुम्बासी टोलमा बस्थ्यो । उक्त घर बेचेर करिब ७ वर्षदेखि नजिकै लालपूर्जा भएको जग्गा किनेर बसेको पनि उनका साथी राईले बताए । खातीका एक छोरी र छोरा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित