१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

७१ वर्षीया आमालाई आफ्नै छोराले गरे बन्चरोले हानेर हत्या

१७ माघ २०७९, मंगलवार ०६:२४

माघ १७, कैलाली | कैलालीमा वृद्ध भत्ताको रकम नदिएको भन्दै एक युवकले बन्चरो प्रहार गरी आमाको हत्या गरेका छन्। कैलालीको लम्किचुहा नगरपालिका-६ का ४० वर्षीय श्रीराम थारुले आमालाई बन्चरो प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।


प्रहरीका अनुसार उनले सोमवार राति पौने १२ बजे ७१ वर्षीया आमा लगनीदेवी थरुनीलाई बन्चरो प्रहार गरेर हत्या गरेका हुन्। बन्चरो प्रहारबाट गम्भीर घाइते भएकी थरुनीको उपचारका लागि लम्कीको लालरत्न अस्पताल लगिएको थियो। थप उपचारका लागि धनगढीस्थित नवजीवन अस्पतालमा लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए।

घटनापछि फरार रहेका थारुलाई मंगलवार बिहान ८ बजे इलाका प्रहरी कार्यालय लम्कीले पक्राउ गरेको हो। श्रीराम पहिला पनि ज्यान मुद्दामा पाँच वर्ष कारागार बसेको खुलेको छ। उनले वृद्ध भत्ताको रकम आमाले नदिएपछि बन्चरोले ढाड र खुट्टामा प्रहार गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह