१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

दुई दिनदेखि मालपोतमा लेखापढी बन्द

२० माघ २०७९, शुक्रबार ११:४५

माघ २०, महोत्तरी | महोत्तरी सदरमुकाम जलेश्वरमा अवस्थित मालपोत कार्यालयमा दुई दिनदेखि लेखापढी कानुन व्यवसायी (लेखनदास) ले लेखापढी बन्द गरेका छन् । लेखापढी कानुन व्यवसायीले मालपोतमा सेवाग्राहीलाई आवश्यक पर्ने राजीनामा, जग्गापास, नामसारी, अंशबन्डा, रोक्का, रोक्का फुकुवा लगायतका सबै लेखपढ गर्नुपर्ने कागजी कामकाज ठप्प छन् । 

जिल्ला प्रहरी कार्यालयले मालपोत कार्यालयबाट पाँचजना बिचौलियालाई पक्राउ गरेपछि मालपोतमा काम गर्ने लेखापढी व्यवसायीले पक्राउ परेका पनि लेखनदास रहेको भन्दै उनीहरुलाई निसर्त छाड्नुपर्ने माग गर्दै आन्दोलन गरेका छन् ।


प्रहरीले मालपोत कार्यालयबाट पक्राउ गरेका पाँच जनामाथि शान्तिविरुद्धको अपराधमा सात दिनको म्याद थप गरी कानुनी कारबाही प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद पँगेनीले बताउनुभयो । 

बुधबार मालपोत कार्यालयको प्राङ्गणमा सेवाग्राहीलाई हाकिम, कर्मचारीसँग आफ्नो सेटिङ रहेको र आफूले छिटोछरितो काम गराइदिने भन्दै प्रलोभन देखाउँदै पैसाको मोलमोलाइ गरिरहेको अवस्थामा प्रहरीले पाँचजनालाई पक्राउ गरेको थियो ।

मालपोतका सेवा बन्द हुँदा सेवाग्राही निकै समस्यामा परेका छन् । मालपोतबाट हुने कामकाज हुन नपाउँदा सेवाग्राहीलाई निकै सास्ती भइरहेको छ । सेवाग्राको जग्गा खरिदबिक्री, जग्गा पास, नामसारी, राजीनामा, रोक्का, रोक्का फुकुवा लगायतका कामकाज हुन नपाउँदा सेवाग्राहीका कामकाज प्रभावित बनेका छन् ।

मालपोत कार्यालयका कर्मचारीले आफूहरुले कार्यालय बन्द नगरेको र सेवाग्राहीको काम गर्न तयार रहेको बताएका छन् । कार्यालयमा आवश्यक पर्ने कागजी प्रक्रिया पूरा गर्न लेखनदास नै चाहिने र लेखनदास आन्दोलनमा रहेका कारण सेवाग्राहीको कामकाज हुन नसकेको मालपोतका नायब सुब्बा सुशील ठाकुरले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह