२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

उपत्यकाका ६ ठाउँमा भेटियो ‘बर्डफ्लु’

२०७९, २४ माघ मंगलवार १०:४५

माघ २४, काठमाडौं | उपत्यकाको ६ ठाउँमा बर्डफ्लु भेटिएको छ । पशु सेवा विभागका अनुसार ललितपुर १५ स्थित खुमलटार, भक्तपुर- १० चाँगुनारायण, नागार्जुन- ६ रामकोट, तारकेश्वर- १ र ७ र काठमाडाैं महानगरपालिका- १० शंखमुलमा 'बर्डफ्लु' भेटिएको हो ।

‘केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पीसीआर विधिबाट परीक्षण गर्दा माघ १५ देखि २० गतेको बीचमा बर्डफ्लु पुष्टि भएको छ,’ पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालले भने । बर्डफ्लु नियमावली अन्तर्गत प्रभावित क्षेत्र घोषणा गरेर नियन्त्रणमा लिइसकेको उनले दाबी गरे । ढकालका अनुसार ६ ठाउँबाट ५ सय वटा हास, ५ हजार ५ सय ३१ वटा व्यवसायिक लेयर्स, ७ सय ६२ वटा स्थानीय कुखुरा नष्ट गरिएको छ । त्यस्तै १० हजार २ सय ४५ वटा अण्डा, ५ सय ५० केजी खाना सुरक्षित तवरले नष्ट गरिएको उनले बताए । सबैभन्दा बढी नागार्जुन र तारकेश्वर बढी प्रभावित देखिएको विभागले जनाएको छ । तारकेश्वरमा गत वर्ष पनि वर्डफ्लु भेटिएको थियो ।

‘व्यवसायिक रुपमा कुखुरा पाल्नेमा बढी संक्रमण देखियो, त्यस क्षेत्रमा हाल रोग पूर्ण रुपमा नियन्त्रण लिएका छौं,’ ढकालले भने, ‘यद्यपि निगरानी कार्यलाई निरन्तरता दिएका छौं ।’ नेपालमा २०६० सालमा झापाबाट बर्ड फ्लु सुरु भएको हो । गत वर्ष पनि उपत्यकासँगै कर्णाली प्रदेशको सुर्खेतमा पनि बर्डफ्लु भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध