२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आत्महत्या दुरूत्साहनको आरोपमा झापामा शिक्षक पक्राउ

२०७९, २६ माघ बिहीबार ०७:५०

माघ २७, काठमाडौँ | आत्महत्या दुरुत्साहन गरेको आरोपमा झापाको गौरीगञ्जबाट प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरीगञ्ज माध्यमिक विद्यालयका शिक्षक पवनकुमार दास रहेका छन् ।

दासमाथि कक्षा ११ मा अध्ययनरत गौरीगञ्ज गाउँपालिका–३ की १७ वर्षीया छात्रा सोनी राजवंशीलाई आत्महत्या गर्न बाध्य बनाएको आरोप छ । प्रहरीले बुधबार उनलाई निवासबाटै नियन्त्रणमा लिएको हो । उनी उक्त विद्यालयका अनुशासन विभाग प्रमुख समेत हुन् ।

मंगलबार अनुशासन उल्लंघन गरेको भन्दै उनले सोनीलाई कुटपिट गरेको खुलेको छ । सोनी सोही साँझ घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

शिक्षकको कुटपिटकै कारण मानसिक तनावमा रहेकी उनले आत्महत्याको बाटो रोजेको परिवारको आरोप छ । सोनीका आफन्त र विद्यार्थीले बुधबार शिक्षक दासको घरमा तोडफोड गरेका थिए ।

आत्महत्या दुरुत्साहन गर्ने शिक्षक दासलाई कारबाहीको माग गर्दै सोनीको परिवारले इलाका प्रहरी कार्यालय गौरीगञ्जमा लिखित जाहेरी दिएको छ । जाहेरीका आधारमा शिक्षक दासलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध