२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बालाजु आन्दोलन: प्रहरीको गाडीमा आगजनी र मोबाइल लुटपाट गर्ने एक दर्जनभन्दा बढी पक्राउ

२०७९, ३ फाल्गुन बुधबार १०:५०

फागुन ३, काठमाडौँ | यातायात मजदुरको आन्दोलनका क्रममा लुटपाट गर्ने एक दर्जनभन्दा धेरै जना पक्राउ परेका छन् । सोमबार काठमाडौंको नयाँ बसपार्कस्थित लोत्से मलमा लुटेराहरूले पसल फोडेर मोबाइल लुटपाट गरेका थिए ।

प्रहरीले सीसीटीभी फुटेजका आधारमा पसल तोडफोड गरी लुटपाट गर्नेहरूको पहिचान गरी पक्राउ गरेको काठमाडौं प्रहरी परिसरले जनाएको छ । प्रहरीले विशेष टोली परिचालन गरी लुटेराको खोजी गरेको थियो । आन्दोलनका क्रममा प्रहरीको गाडी तोडफोड तथा आगजनी गर्नेहरू पक्राउ परेका छन् । प्रहरीका दुईवटा गाडीमा तोडफोड भएको थियो भने एक गाडीमा आगजनी भएको थियो । प्रहरीले उनीहरूलाई आज साँझ सार्वजनिक गर्ने तयारी गरेको छ । उनीहरूविरुद्ध लुटपाट कसुरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । मोबाइल व्यवसायीहरूले ८ करोडभन्दा धेरैको क्षति भएको बताउँदै आएका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध