२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

महाशिवरात्रिमा पशुपति क्षेत्र वरपर कहाँ-कहाँ छ सवारी डाइभर्सन?

२०७९, ५ फाल्गुन शुक्रबार १०:४२

फागुन ५, काठमाडौँ | महाशिवरात्रिमा काठमाडौंको पशुपति क्षेत्रमा दर्शनार्थीहरुको भिडभाड हुने भएकाले सवारी साधनलाई विभिन्न स्थानमा डाइभर्सन गरिएको छ। शुक्रवार रातिदेखि नै सवारी साधनलाई ‘डाइभर्ट’ गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरीले जानकारी दिएको छ।

गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चाबहिल, पुरानो बानेश्वर, ज्ञानेश्वर, मैतीदेवी मोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुबहाल, गौरीघाट र तिलगंगाबाटै ‘डाइभर्ट’ गरिने भएको ट्राफिक प्रहरीले जानकारी दिएको छ।


त्यस्तै, मालवाहक सवारी साधनहरूलाई भने तीनकुने, जोरपाटी, चुच्चेपाटी, सिनामंगलपुल र बसुन्धाराबाटै ‘डाइभर्ट’ गरिने भएको छ।

कुन सवारीको कुन रूट?

सवारी साधनको प्रकृति अनुसार रूटहरू मिलाइएको छ। बस तथा माइक्रोबसहरूको लागि रत्नपार्क, भद्रकाली, सिंहदरबार, माइतीघर, नयाँ बानेश्वर, तीनकुने, सिनामंगल हुँदै तिलगंगासम्म पुग्ने र सोही मार्ग हुँदै रत्नपार्क फिर्ता हुन भनिएको छ।

रत्नपार्क, भद्रकाली, नागस्थान, भोटाहिटी, जमल, केशर महल, खानी विभाग, लाजिम्पाट, नारायण गोपाल चोक, चाबहिल, बौद्ध, जोरपाटी, साँखुसम्म पुग्ने र सोही मार्ग हुँदै जमलसम्म तत्पश्चात् महेन्द्र सालिक तिनधारा पाठशाला हुँदै रत्नपार्क फिर्ता हुने छन्। कालोपुल हुँदै कपन चल्ने सवारी साधनहरू खानी विभाग, लाजिम्पाट हुँदै महाराजगंजको बाटो चलाउनु पर्नेछ।

माइक्रोबस तथा ट्याम्पोहरूको हकमा भने सुन्धाराबाट मैतीदेवी, पुरानो बानेश्वर, चाबहिल हुँदै बौद्धतर्फ चल्ने माइक्रोबस तथा ट्याम्पोहरू महेन्द्र सालिक, कृष्ण पाउरोटी, जय नेपाल, सिंहदोबाटो, नक्साल, भगवती बहाल, सानो गौचरण, सिफल उकालो, चाबहिल गणेशस्थान, चाबहिल हुँदै जोरपाटी मार्ग हुँदै चलाउने छन्। जोरपाटी बौद्धबाट सुन्धारा आउने माइक्रोबस तथा ट्याम्पोहरू चाबहिल, नारायण गोपाल चोक, लाजिम्पाट, केशर महल, जमल, घण्टाघर हुँदै सुन्धारा चलाउनु पर्नेछ।

जोरपाटी, बौद्ध, चाबहिल हुँदै महाराजगंजतर्फ जाने मालवाहक सवारी साधनहरू भने चुच्चेपाटी, भृकुटीचोक, गोपीकृष्णहल हुँदै सुकेधारा, महाराजगंजतर्फ जानु पर्ने छ। कोटेश्वर, तीनकुने, गौशाला हुँदै बौद्ध वा सुकेधारातर्फ जाने मालवाहक सवारी साधनहरू कोटेश्वर, सातदोबाटो, कलङ्की, महाराजगंज र बौद्ध जाने मालवाहक सवारी साधनहरू गोपीकृष्णहल, कपन, महाँकाल, चुच्चेपाटी हुँदै बौद्धतर्फ जाने छन्।

कोटेश्वर तीनकुने हुँदै पशुपति वरपर पुग्नु पर्ने मालवाहक सवारी साधनहरू तीनकुनेसम्म जान सक्नेछन्। महाराजगंज, चाबहिल हुँदै पशुपति वरपर पुग्नु पर्ने मालवाहक सवारी साधनहरू बसुन्धारासम्म पुग्न सक्ने कोटेश्वर वा गठ्ठाघरबाट बौद्ध-जोरपाटी जाने मालवाहक सवारी साधनहरू जडीबुटी, पेप्सीकोला, गोठाटार पुल हुँदै बौद्ध-जोरपाटीसम्म पुग्न सक्ने छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण