२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पत्रकार गुरुङ सम्मननित हुने

२०७३, ५ आश्विन बुधबार ०४:००

असोज ५, पोखरा । पत्रकार मीना गुरुङद्वारा स्थापित तथा नेपाल पत्रकार महासंघ कास्कीद्वारा सञ्चालित ‘मीना गुरुङ सिर्जनशील पत्रकारिता पुरस्कार’ यस वर्ष पत्रकार शान्ति गुरुङलाई प्रदान गरिने भएको छ । प्रतिभा छनौट समितिको सिफारिसका आधारमा पत्रकार महासंघ कास्कीले शान्तिलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

बरिष्ठ पत्रकार नारायण कार्कीको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिमा पत्रकार पुण्य पौडेल र राजबहादुर गुरुङ सदस्य रहेका छन्  । समितिमा पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली र सचिव त्रिभुवन पौडेल पदेन सदस्य छन् । छनौट समितिको सोमबार बसेको बैठकको सिफारिसलाई मंगलबार पत्रकार महासंघ कास्कीको बैठकले अनुमोदन गरेको थियो ।

दुई दशकदेखि निरन्तर संचार क्षेत्रमा क्रियाशील शान्ति गुरुङ रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र पोखराकी समाचार सम्पादक हुन् । पत्रकार एवं व्यवसायी मीना गुरुङले पत्रकारिता प्रवद्र्धनको उद्देश्य सहित २ लाख रुपैयाँको पुरस्कार अक्षयकोष स्थापना गरेकी थिइन् । पुरस्कारको राशि ११ हजार १ सय ११ रुपैयाँ, सम्मानपत्र र दोसल्ला रहेको छ । उक्त पुरस्कार मीना गुरुङको जन्मदिन असोज १२ गते प्रदान गरिने छ । यस अघि उक्त पुरस्कारबाट पत्रकार दुर्गा भण्डारी र दीपक परियार सम्मानित भइसकेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ