२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

विश्व शान्ति दिवसको अवसरमा आत्मा ज्ञान प्रचार संघ वीरगंजद्वारा बिशाल शान्ति पद यात्रा

५ आश्विन २०७३, बुधबार १०:०२

असोज ५, वीरगंज । आत्मा ज्ञान प्रचार संघ वीरगंजले विभिन्न कार्यक्रम गरी विश्व शान्ति दिवस मनाएको छ । वीरगंज उपमहानगरपालिका वडा नं. १६ राधेमाईमा रहेको कार्यालयमा आज बिहान विभिन्न कार्यक्रम गरी सो दिवस मनाइएको हो । 

वीरगंज उपमहानगरपालिका निमित कार्यकारी अधिकृत प्रकासमान सिंहले कलशमा दिप प्रज्जवलित गरी कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रमको प्रमुख अतिथी समेत रहेका सिंहले विश्व शान्ति दिवसको अवसरमा आत्मा ज्ञानले गरेको शान्ति सम्भव छ  कार्यक्रम सराहनीय भएको बताएका थिए । सिंहले शान्ति बिना संसार अगाडि नबढने तर्क दिदै शान्ति स्थापनाको लागि अहिले सारा दुनियाँ जुटेको बताएका थिए । 

संघको कार्यालय राधेमाईमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथी एनपीडेली अनलाईन न्युजका राकेश साह, अतिथीहरु आत्मा ज्ञान प्रचार संघका व्यवस्थापक भरत ठाकुर,  कार्यक्रमका  ईभेन्ट म्यानेजर दिनेश प्रजापति, संघका सदस्य शिवानन्द जी, बिन्दु साह, वीरगंज वडा नं. १६ का सचिव मदन प्रसाद कुर्मी लगायत हजारौको संख्यामा स्थानियहरुको उपस्थिती रहेको थियो । 

कार्यक्रममा एक घण्टा सम्म  अन्र्तराष्ट्रिय शान्ति दुत प्रेम रावतको शान्ति सन्देश भिडियो देखाइएको थियो ।  कार्यक्रमको सहजीकरण संघका सदस्य आनन्द पटेलले गरेका थिए । 

यसैगरी संघको आयोजनामा वीरगंजमा बिशाल शान्ति पद यात्रा निकालिएको छ । आज दिउँसो निकालिएको शान्ति पदयात्रामा  बारा पर्साका बिभिन्न गाँउ टोलहरुबाट हजारौंको संख्यामा मानिसहरुको सहभागिता रहेको थियो । करिव चार किलो मिटर लामो पद यात्राका सहभागिहरुले शान्ति सम्भव छ , हामी शान्ति चाहन्छौ लगायतको  नारा लेखिएको प्ले कार्ड बोकी नारा लगाएका थिए । शान्ति पद यात्रा वीरगंज नगर परिक्रमा गरी राधेमाई संघको कार्यालयमा पुगी समापन हुने आत्म ज्ञान प्रचार संघका सदस्य आनन्द पटेलले बताए । संघको कार्यालय राधेमाई बाट निस्केको रयालीमा वीरगंज उपमहानगरपालिकाका निमित कार्यकारी अधिकृत प्रकासमान सिंह ,  अतिथीहरु आत्मा ज्ञान प्रचार संघका व्यवस्थापक भरत ठाकुर, , कार्यक्रमका  ईभेन्ट म्यानेजर दिनेश प्रजापति, संघका सदस्य आनन्द पटेल, रघुवर यादव, शिवानन्द जी, बिन्दु साह, वीरगंज वडा नं. १६ का सचिव मदन प्रसाद कुर्मी लगायत हजारौको संख्यामा स्थानियहरुको उपस्थिती रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान