२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

रत्नसम्बन्धि संरचनाका लागि रु एक करोड

६ आश्विन २०७३, बिहीबार ०५:२४

असोज ६, इलाम । सहिद रत्नकुमार वान्तवाको इलामको चमैतास्थित चित्रेमा रहेको पुरानो घरसहितको संरचना संरक्षणका लागि सरकारले रु एक करोडभन्दा बढी रकम छुट्याएको छ । 

मृत्यु भएको ३७ वर्षपछि सहिद घोषित हुनुभएका वान्तवाले निर्माण गर्नुभएको सुरुङ, घर, सहादत प्राप्त गरेको स्थान र समाधि संरक्षणका लागि उक्त रकम विनियोजन गरेको रत्न—बम प्रतिष्ठानले जानकारी दिएको छ । 

चित्रेमा पार्क निर्माणका लागि मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिमार्फत रु आठ लाख विनियोजन भइसकेको छ । बजेट नहुँदा वान्तवाले बनाएको सुरुङ र घर जीर्ण बन्दै गएका थिए । रत्नको स्मृतिमा उनका परिवारले प्रतिष्ठानलाई दुई रोपनी जग्गा उपलब्ध गराइसकेका छन् । थप पाँच रोपनी जग्गा प्रतिष्ठानले खरिद गरिसकेको प्रतिष्ठानका अध्यक्ष डा देवी क्षेत्री दुलालले जानकारी दिनुभयो । 

विनियोजित रकमबाट सुरुङ र घरको जीर्णाेद्धार, रत्न र उहाँका सहकर्मी अर्का योद्वा बम वान्तवाको पूर्णकदको सालिक राख्ने, पुस्तकालयसहितको सामुदायिक भवन निर्माण र कम्पाउन्ड बनाइने प्रतिष्ठानले जनाएको छ । रत्नका रचनाहरू समेटेर एउटा पुस्तकसमेत प्रकाशित गर्ने प्रतिष्ठानले जनाएको छ । 

गत फागुन १९ गते सरकारले रत्न वान्तवालाई सहिद घोषणा गरेको थियो । २००८ साल चैत २७ गते जन्मिएका रत्न वान्तवाको २०३५ साल चैत २७ गतेकै दिन इलाममा हत्या भएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला