२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेदरल्याण्डविरुद्ध फिल्डिङ गर्दै नेपाल

२०८०, १९ फाल्गुन शनिबार ०५:४८

फागुन १९, काठमाडौँ | जारी ट्राइनेशन टी–२० सिरिजको महत्त्वपूर्ण खेलमा नेपालले नेदरल्याण्डविरुद्ध फिल्डिङ गर्ने भएको छ । टीयु क्रिकेट मैदानमा नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले फिल्डिङको निम्तो पाएको हो ।

सिरिजमा नेपालले यसअघि नामिबिया र नेदरल्याण्डसँग समान १–१ हार बेहोरेको छ । यसबाहेक, हिजै सम्पन्न खेलमा भने नामिबियाविरुद्ध ३ रनको रोमाञ्चक जित निकालेर २ अंक बटुल्दै प्रतियोगिताको दोस्रो स्थानमा छ । सिरिजको २ खेलमा शतप्रतिशत जित निकाल्दै ४ अंक बटुलेको नेदरल्याण्ड्सविरुद्ध जित निकालेमा नेपालको फाइनल यात्राको सम्भावना बलियो बन्नेछ ।

खेल ११:३० देखि कीर्तिपुर मैदानमा सुरु हुनेछ । नेपालमा आइसिसी लिग–२ खेल्न आएका नामिबिया र नेदरल्याण्ड्सले यही वर्ष अमेरिका र क्यानडामा हुने विश्वकप प्रतियोगिताको तयारीस्वरुप सिरिज खेलिरहेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै