१३ माघ २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेदरल्यान्ड्सविरुद्ध नेपालको शानदार बलिङ, जीतका लागि १२१ रनको लक्ष्य

१९ फाल्गुन २०८०, शनिबार ०७:३२

फागुन १९, काठमाडौं | त्रिकोणात्मक टी-२० आई सिरिजमा नेदरल्यान्ड्सले नेपालसामु जीतका लागि १२१ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९.३ ओभरमा सबै विकेट गुमाएर १ सय २० रन बनाएको हो । 

नेदरल्यान्ड्सका लागि म्याक्स ओ डाउडले सर्वाधिक ३१ रनको योगदान दिए । उनले २४ बलमा ४ चौका र १ छक्का हिर्काए । त्यस्तै, टिम भान डर गगटेनले २४ रन, कप्तान स्कट एडवर्डस्ले १८ रन बनाए ।

नेपालका लागि प्रतिश जिसीले घातक बलिङ गर्दै ३ विकेट लिए । उनले सातौं, चौथो र तेस्रो विकेटको रुपमा कप्तान स्कट एडवार्ड्स, म्याक्स ओडाउड र तेजा निडामानिरुलाई आउट गरेका हुन् | 

त्यस्तै, कुशल मल्ले २ विकेट लिए । उनले नेदरल्याण्ड्सका आर्यन दत्त र नोआह क्रसको विकेट लिए | यसअघि ३ ओभर बलिङ गरेका करन केसीले १८ रन खर्चेर २ विकेट लिएका थिए । दीपेन्द्र सिंह ऐरीले एक विकेट लिए |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विवाह गर्न भागेको जोडी घरभित्रै मृत फेला कांग्रेसले नेपाल स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलन गर्ने व्यवस्था परिवर्तन भएपनि अवस्था परिवर्तन भएन भन्ने गलत प्रचार गरियोः उपप्रधानमन्त्री सिंह ओली सरकारले राम्रो काम गरेको देख्न नसक्नेहरु फेरि सलबलाएका छन् : महासचिव पोखरेल यी हुन् हमासले रिहा गर्ने लागेका थप चार इजरायली बन्धक कांग्रेस पदाधिकारीले आफ्ना मन्त्रीहरूसँग छलफल गर्दै सुदूरपश्चिमलाई हराउदै एपीएफले जित्यो महिला पीएम कपको उपाधि गुल्मीमा एक जना महिला पिस पार्क नजिकै मृ-त फेला पर्यटक प्रहरीलाई साधन सम्पन्न बनाइने, संख्या बढाइने १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ आफैँलाई गोली हानेका प्रहरी जवान विष्टको मृ-त्यु आगामी निर्वाचनमा माओेवादी एक्लै प्रतिस्पर्धा गर्न सक्षम छ : अध्यक्ष प्रचण्ड बैतडीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, चार जना गम्भीर अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि आज मतदान हुँदै उत्पादन र जीवनसँग जोडिने शिक्षालाई प्रोत्साहन गर्न आवश्यक छ :अध्यक्ष प्रचण्ड प्रहरी प्रधान कार्यालयले गर्यो १८ जना एसएसपीको सरुवा राप्रपा केन्द्रीय समिति बैठक आज पनि बस्दै शनिबारको विदेशी मुद्राको विनिमय दर कति ? मौसम : तराइका धेरै भू–भागहरूमा हुस्सु र कुहिरो एमाले र रास्वपालक्षित एनपी साउदको टिप्पणी : हारेकाहरुले हो मिसन ८४ को भ्रम फैलाउने