२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

विश्वकप लिग–२ क्रिकेट : नेपाललाई पछि पार्दै तालिकाको चौथो स्थानमा उक्लियो स्कटल्यान्ड

२०८०, २० फाल्गुन आईतवार ११:४७

फागुन २०, काठमाडौं | आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको आइतबार खेलिएको खेलमा स्कटल्यान्डले संयुक्त अरब इमिरेट्स (यूएई) लाई आठ विकेटले हराएको छ । जितसँगै स्कटल्यान्ड अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ ।

उक्त खेलपछि नेपाल तालिकाको पाँचौँ स्थानमा झरेको छ । अंक तालिकामा चार खेल खेलेको नामिबिया ६ अंकसहित पहिलो, दुई खेल खेलेको क्यानडा चार अंकसहित दोस्रो र चार खेल खेलेको नेदरल्यान्ड्स चार अंकसहित तेस्रो स्थानमा छन् ।

यसैगरी दुई खेल खेलेको स्कटल्यान्ड दुई अंकसहित चौथो र चार खेल खेलेको नेपाल दुई अंकसहित पाँचौँ स्थानमा छन् । दुई खेल खेलेको यूएईले भने हालसम्म अंक बटुल्न सकेको छैन । ओमान र अमेरिकाले भने हालसम्म एक खेल पनि खेलेका छैनन् ।

दुबईमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको दोस्रो शृंखला अन्तर्गतको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको यूएईले ४५ ओभरमै अलआउट हुनुअघि एक सय ३२ रनमात्र बनाउन सकेको थियो । जवाफी ब्याटिङमा ओर्लिएको स्कटल्यान्डले २३.४ ओभरमै केवल दुई विकेट गुमाएर एक सय ३७ रन बनाउँदै विजयलक्ष्य पार गरेको थियो । यसअघि पहिलो त्रिकोणात्मक शृंखला नेपालमा खेलिएको थियो । पहिलो शृंखलामा आयोजक नेपाल, नामिबिया र नेदरल्यान्ड्सले सहभागिता जनाएका थिए ।


उक्त शृंखलामा चारमध्ये तीन खेल जितेको नामिबिया ६ अंकसहित तालिकाको पहिलो स्थानमा रहेको थियो । नामिबियाले दुई खेलमा नेपाललाई र एक खेलमा नेदरल्यान्ड्सलाई हराएको थियो । एक खेलमा भने नामिबियाको टोली नेदरल्यान्ड्ससँग पराजित भएको थियो ।

आफ्नो अन्तिम खेलमा नेपाललाई हराउँदै नेदरल्यान्ड्स चार अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको थियो । नेदरल्यान्ड्सले एक खेलमा नामिबिया र एक खेलमा नेपाललाई हराएको थियो । नेदरल्यान्ड्सको टोली एक खेलमा नेपाल र एक खेलमा नामिबियासँग पराजित भएको थियो ।

चारमध्ये एक खेलमा मात्र जित हात पार्न सकेको नेपाल दुई अंकसहित तेस्रो स्थानमा रहेको थियो । नेपालले एक खेलमा नेदरल्यान्ड्सलाई हराएको थियो । नेपाली टोली दुई खेलमा नामिबिया र एक खेलमा नेदरल्यान्ड्ससँग पराजित भयो । लिग–२ को यो दोस्रो संस्करण हो । लिग–२ शृंखला सन् २०२७ सम्म चल्नेछ ।

लिग–२ शृंखलामा आठ राष्ट्र सहभागी हुनेछन् । पहिलो संस्करणमा सातवटा राष्ट्रमात्र सहभागी थिए । लिग–२ शृंखला सन् २०२७ मा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपको छनोट प्रतियोगिता पनि हो ।

सन् २०२७ को विश्वकप दक्षिण अफ्रिका, जिम्बाबे र नामिबियामा आयोजना हुँदैछ । यसपटक लिग–२ प्रतियोगितामा नेपाल, नाबियार र नेदरल्यान्ड्सका अतिरिक्त क्यानडा, ओमन, स्कटल्यान्ड, संयुक्त अरब इमिरेट्स (यूएई) र अमेरिका पनि छन् । यसअघि सम्पन्न आईसीसी क्रिकेट वल्र्ड कप सुपर लिग अंक तालिकाको सबैभन्दा तल (१३औँ स्थान) रहेको नेदरल्यान्ड्सलाई भने पछि लिग–२ मा थपिएको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध