२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

साफ यू–१६ महिला च्याम्पियनसिप फुटबल : भुटानलाई ३ गोलले हरायो नेपालले

२०८०, २१ फाल्गुन सोमबार ११:३०

फागुन २१, काठमाडौं | साफ यू–१६ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले पहिलो जित हासिल गरेको छ । नेपालले सोमबार खेलिएको आफ्नो दोस्रो खेलमा भुटानलाई ३–० गोलले हराएको हो ।

जितसँगै नेपालले प्रतियोगिताको फाइनलमा पुग्ने सम्भावना कायमै राखेको छ । नेपाली टोली यसअघि खेलिएको आफ्नो पहिलो खेलमा बंगलादेशसँग ०–२ गोलले पराजित भएको थियो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार खेलिएको खेलमा नेपालले तीनवटै गोल पहिलो हाफमा ग¥यो । नेपालका लागि पूजा गिरी, भूमिका बुढाथोकी र ग्यान्सु डोल्मा लोले एक–एक गोल गरे ।


जारी प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र भुटान गरी चार राष्ट्रको सहभागिता रहेको छ । लिग चरणपछि अंक तालिकाको माथिल्लो दुई स्थानमा रहने टोली प्रतियोगिताको फाइनलमा पुग्नेछन् । हाल एक खेल खेलेको भारत तीन अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ । भारतले आफ्नो पहिलो खेलमा भुटानलाई ७–० गोलको फराकिलो अन्तरले हराएको थियो ।

यसैगरी दुई खेल खेलेको नेपाल तीन अंकसहित तालिकाको दोस्रो स्थानमा छ । एक खेल खेलेको बंगलादेश तीन अंकसहित तालिकाको तेस्रो स्थानमा आसिन छ । प्रतियोगिताको लिग चरणमा नेपालले आफ्नो तेस्रो तथा अन्तिम खेल आगामी बिहीबार भारतसँग खेल्नेछ । त्यसअघि मंगलबार भारत र बंगलादेशबिच खेल हुनेछ ।

लिग चरणको अन्तिम खेल भने शुक्रबार बंगलादेश र भुटानबिच खेलिने छ । प्रतियोगिताको फाइनल खेल मार्च १० तारिखमा खेलिने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध