२०८२, ३ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

सरकारले दिएको पाँच करोड क्यानले के-केमा गर्छ खर्च?

२०८०, २४ फाल्गुन बिहीबार ०८:५८

फागुन २४, काठमाडौँ |  आईसीसी टी-२० विश्वकपको तयारीका लागि सरकारले नेपाल क्रिकेट संघ (क्यान)लाई उपलब्ध गराएको छ।

बुधबार राष्ट्रिय खेलकुद परिषद्ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको बाचाअनुसार अर्थमन्त्रालयमबाट ५ करोड रुपैयाँ निकास भएको सार्वजनिक गरेको थियो। 

सुरूमा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङले विश्वकप तयारीका लागि प्रस्ताव ल्याउन नेपाल क्रिकेट संघलाई भनेपछि क्यानले प्रस्ताव पेश गरेको थियो। विश्वकप तयारीका लागि ५ करोडको प्रस्ताव पेश गर्दा सबै पास भएको खबर राष्ट्रिय खेलकुद परिषदबाट प्राप्त भएको क्यानका सचिव पारस खड्काले बताए। 

‘हामीले विश्वकपका लागि चार-पाँच महिनाको तयारीका लागि खर्च हुने बजेटको प्रपोजल पेश गरेका थियौं,’ खड्काले भने, ‘हाम्रो प्रपोजल सबै पास भएको खबर राष्ट्रिय खेलकुद परिषदबाट आएको छ। 

सचिव खड्काले सरकारले दिएको रकम टी-२० विश्वकपअघि विभिन्न टिमसँग सिरिज खेल्दा खर्च हुने बताए। 

‘नेपालमा आयरल्यान्डको ‘ए’ टिम खेल्न आइरहेको छ। यसअघि क्यानडासँग पनि हामीले सिरिज खेल्यौं। लिग-२ पछि त्रिकोणात्मक टी-२० सिरिज आयोजना गर्‍यौं। यी सबै प्रतियोगितामा खर्च भएको छ,’ सचिव खड्काले भने, ‘हामी भारतको गुजरातमा पनि जाँदैछौं। यी सिरिजमा हुने खर्च सरकारले दिएको रकमबाट हुन्छ।’

उनले विश्वकप सुरु हुनुभन्दा करिब एक महिनाअघि अमेरिका जाने पनि बताए। साथै विश्वकपका लागि विभिन्न विशेषज्ञ पनि नियुक्त गर्ने उनको भनाइ छ। 

‘विश्वकपको तयारीका लागि हामीले विभिन्न विशेषज्ञ नियुक्त गरेका छौं। सायद अरु विशेषज्ञ पनि छिट्टै नियुक्त गर्छौं। बलिङ र फिल्डिङ कन्सल्ट्यान्ट पनि हामी चाडै नै घोषणा गर्छौं,’ सचिव खड्काले भने,'धेरै बजेट अमेरिकामा एक महिना अघि पुगेर तयारी गर्दा खर्च हुन्छ। किनभने त्यहाँ महँगो नै छ।’

आगामी टी-२० विश्वकप जुन १ देखि २९ तारिखसम्म वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुँदै छ। विश्वकप तयारीका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल-आईसीसीले पनि नेपाललाई तयारी बजेट उपलब्ध गराउने छ। त्यो रकम आई नसकेको र कति आउँछ भनेर पनि तय नभएको क्यानले जनाएको छ।

टी-२० विश्वकपमा नेपाल समूह 'डी' छ। समूहमा नेपालले बंगलादेश, दक्षिण अफ्रिका, श्रीलंका र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ।

नेपालका खेल 

नेदरल्यान्डसविरूद्ध – जुन ४- अमेरिका, डालास

श्रीलंकाविरूद्ध – जुन ११ – अमेरिका, फ्लोरिडा

दक्षिण अफ्रिकाविरूद्ध – जुन १४ – सेन्ट भिसेन्ट

बंगलादेशविरूद्ध – जुन १६- सेन्ट भिसेन्ट

विश्वकपको समूह चरणका खेल जुन १ देखि १८ सम्म हुनेछन्। त्यसपछि १९ देखि २४ जुनसम्म सुपर-८ हुनेछ। सेमिफाइनल २६ र २७ जुनमा हुनेछ भने फाइनल २९ जुनमा हुनेछ। 

समूहमा भारत र पाकिस्तानको खेल जुन ९ मा न्युयोर्कमा हुनेछ। नेपाल रहेको समूहका खेल अमेरिका र वेस्ट इन्डिजमा हुनेछन्। 

अमेरिका र वेस्ट इन्डिजले आइसिसी टी-२० विश्वकप २०२४ संयुक्तरूपमा आयोजना गर्न लागेका हुन्। पहिलोपटक उत्तर अमेरिका क्षेत्रमा पनि हुन लागेको टी-२० विश्वकपमा २० टिमले सहभागिता जाउँदैछन्।  

विश्वकपमा ५५ खेल हुनेछन्। सुरुमा २० टिमलाई  ५-५ टिमको ४ समूहमा विभाजन गरिएको हो। ४ समूहका शीर्ष २-२ टिम गरी कुल ८ टिम सुपर-८ मा पुग्नेछन्। सुपर-८ मा पनि दुई समूहमा प्रतिस्पर्धा हुनेछन्। सुपर-२ को दुई समूहका शीर्ष २-२ टिम सेमिफाइनलमा पुग्नेछन्।

समूह ए :  भारत, पाकिस्तान, अमेरिका, क्यानडा, आयरल्यान्ड

समूह बी : इंग्ल्यान्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड, ओमान 

समूह सी : न्युजिल्यान्ड, वेस्ट इन्डिज, अफगानिस्तान, युगान्डा, पपुवा न्युगिनी

समूह डी :  दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश, नेदरल्यान्ड्स, नेपाल

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ