२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

भारत-पाकिस्तानको खेल हेर्न गएका मुम्बई क्रिकेटका अध्यक्षको हृदयघातबाट निधन

२९ जेष्ठ २०८१, मंगलवार ०९:१५

जेठ २९, काठमाडौँ । मुम्बई क्रिकेट संघका अध्यक्ष अमोल कालेको अमेरिकामा निधन भएको छ । टी-२० विश्वकप अन्तर्गत भारत र पाकिस्तानको खेल हेर्न अमेरिका पुगेका ४७ बर्षिय कालेको हृदयघातका कारण निधन भएको भारतीय मिडियाले उलेल्ख गरेका छन् । 

न्युयोर्कको नासाउ काउन्टी इन्टरनेशनल क्रिकेट स्टेडियममा आइतबार भारत र पाकिस्तानबीच भएको टी–२० विश्वकपको खेल हेर्न उनी एमसीएका अन्य दुई अधिकारीसँग पुगेका थिए ।

उनीसँगै एमसीएका सचिव अजिंक्य नायक र एपेक्स काउन्सिलका सदस्य सुरज सामत पनि थिए । 

काले अक्टोबर २०२२ मा एमसीएको अध्यक्षमा निर्वाचित भएका थिए । उनले एमसीए अध्यक्षको चुनावमा १९९३ विश्व च्याम्पियन टोलीका सदस्य सन्दीप पाटिललाई हराएका थिए । कालेले मुम्बईका लागि रणजी र अन्य घरेलु प्रतियोगितामा खेल्ने घरेलु खेलाडीको म्याच शुल्क दोब्बर बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए । 

महाराष्ट्र क्रिकेट संघको अध्यक्ष हुनुको अलावा, उनी टेनिस-बल फ्रेन्चाइजी क्रिकेट लीग इन्डियन स्ट्रीट प्रिमियर लिगको सह-प्रवर्तक पनि थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ