२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

युरोकपमा नेदरल्याण्डसलाई धक्का, फ्रेन्की डी जोङ खेल्न नसक्ने

२०८१, ३० जेष्ठ बुधबार ०८:५५

जेठ ३०, काठमाडौँ । नेदरल्याण्डसलाई आगामी युरोकपमा ठुलो धक्का लागेको छ । बार्सिलोनाबाट खेल्ने सेन्टर मिडफिल्डर फ्रेन्की डी जोङ इन्जुरीका कारण युरोकप खेल्न नसक्ने भएपछि नेदरल्याण्डसलाई ठुलो धक्का लागेको हो । 

गत अप्रिल २१ मा रियल म्याड्रिडसँग बार्सिलोनाको ३-२ ले पराजित हुँदा २७ वर्षीय डी जोङ आफ्नो दाहिने खुट्टामा चोट लागेपछि मैदान बाहिर रहेका छन् । त्यसको बावजुद, मिडफिल्डरलाई जर्मनीमा युरोका लागि रोनाल्ड कोम्यानको २६ सदस्यीय टोलीमा नाम दिइएको थियो तर अब उनी युरोकपबाट बाहिरिएका छन् । 

डी जोङले युरोकपबाट बाहिरिएको पुष्टि गर्दै भनेका छन्- 'म दुखी र निराश छु कि म युरोमा पुग्न सक्दिन, हामीले पछिल्ला केही हप्ताहरूमा धेरै काम गरिरहेका छौं, तर दुर्भाग्यवश मेरो खुट्टा ठिक हुने थप समय चाहिने भएको छ । मुख्य प्रतियोगितामा देशको प्रतिनिधित्व गर्न पाउनु सपना र सबैभन्दा ठूलो सम्मान हो, तर अब, सम्पूर्ण राष्ट्र जस्तै, म पनि हाम्रो टोलीलाई बाहिरबाट उत्साहित गर्नेछु ।' डी जोङले नेदरल्याण्डसको लागि अहिलेसम्म ५४ खेल खेलेका छन् र दुई गोल पनि गरेका छन् । 

जुन १४ देखि शुरु हुने युरोकपमा नेदरल्यान्ड्स समुह डी मा रहेको छ । यस समुहमा नेदरल्याण्डससहित पोल्याण्ड, फ्रान्स र अस्ट्रिया रहेका छन् । नेदरल्याण्डसले युरोकपमा पहिलो खेल पोल्याण्डसँग जुन १६ मा खेल्दै छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक