२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

ओमानमाथि इङल्याण्डको शानदार जित

३२ जेष्ठ २०८१, शुक्रबार ०३:२५

जेठ ३२, काठमाडौँ । इङल्याण्डले जारी टी-२० विश्वकप अन्तर्गत ओमानमाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा इङल्याण्डले ओमानलाई ८ विकेटले पराजित गरेको हो ।

ओमानले दिएको ४८ रनको लक्ष्य पछाएको इङल्याण्डले ३.१ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यस अघि पहिला ब्याटिंग गरेको ओमान १३.२ ओभरमा ४७ रनमा अल आउट भएको थियो । ओमानका लागि शोयब खानले ११ रन बाहेक अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन । इङल्याण्डका बलर आदील रशिदले सर्बाधिक ४ विकेट लिए भने जोफ्रा आर्चर र मार्क वूडले ३-३ विकेट लिएका थिए ।

यो फर्किलो जितले इङल्याण्डको सुपर आठको सम्भावनालाई कायमै राखेको छ । इङल्याण्डको ३ खेलमा ३ अंक भएको छ । समुह बी बाट अस्ट्रेलियाले ३ खेलमा तिनै खेल जितेर ६ अंकसहित सुपर आठमा पुगिसकेको छ भने भने स्कटल्याण्ड ३ खेलमा ५ अंकसहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै इङल्याण्ड ३ खेलमा ३ अंकसहित तेस्रो स्थानमा छ ।  यस समुहबाट नामिबिया र ओमान बाहिरिइसकेका छन् ।

अब अस्ट्रेलियाले स्कटल्याण्डसँग जुन १६ मा र इङल्याण्डले नामिबियासँग जुन १५ मा खेल्ने तालिका रहेको छ । अब अस्ट्रेलियाले स्कटल्याण्डलाई पराजित गरेमा र इङल्याण्डले नामिबियालाई पराजित गरेमा मात्र इङल्याण्ड सुपर आठमा पुग्ने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ