२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

सांसद आचार्यको आरोपप्रति क्यानको खण्डन- क्रिकेटको गरिमा घटायो

३२ जेष्ठ २०८१, शुक्रबार १२:४३

जेठ ३२, काठमाडौँ ।  नेपाल क्रिकेट संघ (क्यान) ले नेकपा एमालेका सांसद भीम आचार्यले संसदमा टी–२० विश्वकप क्रिकेट प्रतियोगिताका सवालमा क्यानका पदाधिकारीले गरेका गलत काम कारबाहीहरूको छानबिन गर्न माग गरेकोप्रति खण्डन गरेको छ ।

क्यानका अध्यक्ष चतुर बहादुर चन्दले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सांसद आचार्यले संसदमा नेपाली क्रिकेटको विषयमा उठाएको विषयले नेपाली क्रिकेट, संसद र सांसदको गरिमा घटाएको उल्लेख गरेका छन् । उनले हुदै नभएको कपोकल्पित कुरा सांसदले उठाएको बताएका छन् ।

उनले क्रिकेटको नाममा राजनीति गर्न खोज्नेहरुले नेपाली क्रिकेट विवादित र विभाजन गर्न खोजेको समेत आरोप लगाएका छन् ।

सांसद आचार्यले जेठ ३० गतेको प्रतिनिधि सभामा ८० डलर पर्ने टिकट १३५ रुपैयाँमा क्यान नेतृत्वले बेचेको भन्दै क्यान नेतृत्वले आर्थिक अपचलन गरेको, नेपाललाई जिताउन नभई हराउन भूमिका खेलेको र खेलाडीको शिर निहुराउने काम गरेको भनेर खेलाडीबाटै गुनासो आएको बताउदै छानबिन समितिको माग गरेका थिए ।    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ