२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

टी- २० विश्वकप क्रिकेट: नेपाल हारेर पनि जितेको दिन

२०८१, १ असार शनिबार १२:०५

असार १, काठमाडौं । इमान्दारीपूर्वक भन्नुपर्दा नेपालले वास्तवमा सानदार क्रिकेट खेल्यौँ । नेपालका खेलाडीले यस्तो खेल देखाए कि जसको तपाईँले आशा नै गर्नुभएको थिएन होला । खेलको अन्तिम बलसम्म पनि हाम्रो मस्तिष्कमा परिणाम के हुन्छ भन्ने ढुकढुकी कायम थियो । अन्तमा हामी पराजित हुन पुग्यौं जुन हारमा पनि जित लुक्यो, खेलाडीले आफ्नो प्रतिभा प्रस्तुत गरेर धेरैको मन जितिरहेका छन् ।

१ रनको हारको पिडाले मन दु:खिरहेको छ तर दक्षिण अफ्रिका जस्तो अनुभवी, बलियो टेस्ट टीमलाई पराजयको ढोकासम्मै धकेल्ने नेपाली क्रिकेट खेलाडीको प्रयासको प्रशंसा गर्नुको साटो गाली गर्नु उचित हुन्छ भन्ने लाग्दैन । उनीहरु प्रशंसाका भागेदारी छन् । आजको हारसँगै अघिल्ला चरणमा पुग्ने सम्भावना समाप्त भएपनि उत्कृष्ट खेल पस्किएर सबैको मन जितिरहेका छन् ।

भन्नेहरूले भन्छन्, खुसी हुनलाई कारण होइन, बहाना चाहिन्छ । दु:ख र निराशा बढिरहेका बेला यस्ता केही खुसी हुने बहाना हामीलाई अहिले क्रिकेटले दिइरहेको छ ।

नेपोलियनले भनेका थिए, युद्ध जित्नलाई राम्रा हतियार होइन, भएका हतियारको राम्रो प्रयोग गर्न जान्नुपर्छ । यो भनाइ अहिले आएर हाम्रो देशका दु:खी जनताका लागि ठ्याक्कै सुहाउँदो भइदिएको छ, खुसी हुनलाई सुविधा होइन, बहाना चाहिएको छ ।

यस्तै एउटा भनाइ छ, गरिवसँग कुनै दिन धनी हुन्छु भन्ने आश हुन्छ, धनीसँग त त्यही पनि हुँदैन । बरु, मेरो धन सिद्धिन्छ कि भन्ने चिन्ता हुन्छ । अन्तिममा, यी सब केवल बहाना हुन्, मुख्य कुरा त मान्छेले खुसी प्राप्त गर्नु हो । तपाई मान्नुस् या नमानुस्, अहिले नेपाली क्रिकेटले त्यहि दिइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक