२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

न्यूजिल्यान्डका लुकी फर्गुसनले चारै ओभर मेडन निकाल्दै बनाए नयाँ किर्तिमान

२०८१, ४ असार मंगलवार ०२:४८

असार ४, काठमाडौँ । टी–२० विश्वकपमा न्यूजिल्यान्डले जितसँगै यात्रा समाप्त गरेको छ । समूह ‘सी’ को अन्तिम खेलमा न्यूजील्याण्डले पपुवा न्युगिनीलाई ७ विकेटले पराजित गरेर विश्वकपको यात्रा टुंगाएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको पपुवा न्युगिनी १९.४ ओभरमा ७८ रनमा अलआउट भयो । ७९ रनको लक्ष्य न्युजिल्यान्डले १२.२ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको थियो ।

न्यूजील्याण्डका बलर लुकी फर्गुसनले नयाँ किर्तिमान बनाएका छन् । उनले पपुवा न्युगिनीविरुद्ध ४ ओभरमा शून्य रन दिएर ३ विकेट लिएका थिए । उनले आफ्नो कोटाका सबै चार ओभर मेडन बलिङ गरेर नयाँ किर्तिमान बनाएका छन् । उनी टी–२० विश्वकपमा सबै चार ओभर मेडन बलिङ गर्ने पहिलो बलर बनेका छन् । उनले पपुवा न्युगिनीविरुद्ध ४ ओभरमा शून्य रन दिएर ३ विकेट लिएका थिए । 

साथै फर्गुसन टी–२० अन्तर्राष्ट्रिय खेलमा सबै मेडन ओभर बलिङ गर्ने भने विश्वकै दोस्रो बलर बनेका छन् । उनीभन्दा अगाडि क्यानडाका साद बिन जफरले पानामाविरुद्धको २०२१ मा खेलेको खेलमा चारै ओभर मेडन गरेर २ विकेट लिएका थिए ।

न्यूजील्याण्ड यस विश्वकपमा शुरुका दुवै खेलमा हार बेहोरेपछि विश्वकपको सुपर आठमा पुग्न असफल भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक