२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

टी-२० विश्वकपको सुपर आठमा आज दुई खेल हुदै

९ असार २०८१, आईतवार ०२:४३

असार ९, काठमाडौँ । जारी टी- २० विश्वकप अन्तर्गत आज सुपर आठका दुई खेल हुदै छन् । आज पहिलो खेल अफगानिस्तान र अस्ट्रेलियाबीच हुदै छ ।

सेन्ट भिन्सेन्टस्थित आरनोस भाले स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ६: १५ बजेदेखि शुरु हुने छ ।

सुपर आठमा अफगानिस्तानले आफ्नो पहिलो खेलमा भारतसँग हार बेहोरेको छ भने अस्ट्रेलियाले बंगलादेशमाथि जित हासिल गरेको छ ।

अफगानिस्तान र अस्ट्रेलियाबीच अहिलेसम्म एक टी -२० खेल भएको छ, जुन अस्ट्रेलियाले जितेको छ ।

त्यस्तै आज दोस्रो खेल इङल्याण्ड र अमेरिकाबीच हुदै छ । बारबाडोसस्थित केनसिंगटन ओभलमा हुने यो खेल नेपाली समय अनुसार राती ८: १५ बजेदेखि शुरु हुने छ ।

सुपर आठमा दुवै देशको यो अन्तिम खेल हो । इङल्याण्डले २ खेलमा एक जित र एक हार बेहोरेको छ भने अमेरिकाले दुवै खेलमा हार बेहोरेको छ 

|

सेमिफाइनलमा पुग्न आज इङल्याण्डका लागि अमेरिकालाई पराजित गर्नै पर्ने र अर्को खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई पराजित गर्नुपर्ने अवस्था रहेको छ । त्यस्तै वेस्ट इन्डिजले जितेमा भने रनरेटको आधारमा सेमिफाइनलमा पुग्ने देशको तय हुने छ । त्यस्तै अमेरिकाले भने कम्तिमा ८० रनको अन्तरमा इङल्याण्डलाई पराजित गरेमा तथा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई कम्तिमा ६७ रन अन्तरले पराजित गरेमा मात्र सेमिफाइनलमा पुग्ने छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ