२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

अस्ट्रेलियालाई हराएपछि कप्तान राशिद खानले के भने ?

२०८१, ९ असार आईतवार ०९:२३

असार ९, काठमाडौँ । जारी टी–२० विश्वकपको सुपर ८ अन्तर्गत अफगानिस्तानले अष्ट्रेलियालाई २१ रनले पराजित गरेपछि क्रिकेट जगत तरंगित बनेको छ ।

शानदार जित हासिल गरेपछि अफगानिस्तानका कप्तान राशिद खानले यो जित आफुहरुको लागि अहिलेसम्मको ठुलो जित भएको टिप्पणी गरेका छन् ।

उनले खेलपछि भने- 'यो टोली र देशका रूपमा ठूलो जित हो । हामीले पछिल्लो दुई वर्षमा यस्तो जितलाई धेरै पटक गुमायौं । हामी २०२२ र २०२३ को विश्वकपमा केहि रनले जितबाट बन्चित भयौं ।'

कप्तान राशिदले यस खेलमा खेलाडीको खेलप्रति आफुलाई गर्व रहेको बताए ।

उनले भने, 'हामीले उत्कृष्ट प्रदर्शन गरेका छौं । हामीले यस खेलका लागि १४०  रनको राम्रो स्कोर हो भन्ने सोचेका थियौं, तर हामीले चाहेको जस्तो इनिङ्स पूरा गर्न सकेनौं । यो यस्तो विकेट हो जहाँ तपाइँ कहिलेकाहीं संघर्ष गर्नुहुनेछ र हामीले अन्त्यमा संघर्ष गर्‍यौं ।'

उनले यस खेलमा सबैभन्दा महत्त्वपूर्ण ओपनरहरूले राम्रो सुरुवात दिएको बताए । अस्ट्रेलिया विरुद्ध अफगानिस्तानका ओपनर रह्मतुल्लाह गुरबाज र इब्राहिम जद्रानले ११८ रनको साझेदारी गरेका थिए ।  उनले आफुहरु यस खेलमा १३० भन्दा माथिको जुनसुकै स्कोरलाई सजिलै रक्षा गर्न सक्षम हुनेमा विश्वस्त रहेको बताए । उनले भने, 'हाम्रो लागि यो सुरुवात मात्र हो, अगाडि ठूलो खेल छ । र हामी सेमिफाइनल पुग्ने पूरा आशा राख्छौं ।'

विश्वकपको सुपर आठमा अब अफगानिस्तानले मंगलबार बिहान बंगलादेशको सामना गर्दै छ । सो खेलमा जित हासिल गरेमा अफगानिस्तान सेमिफाइनलमा पुग्ने सम्भावना बढी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै