२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

बंगलादेशलाई हराउँदै अफगानिस्तान सेमिफाइनलमा प्रवेश, अष्ट्रेलिया पनि बाहिरियो

११ असार २०८१, मंगलवार ०५:५१

असार ११, काठमाडौँ । बंगलादेशलाई हराउँदै अफगानिस्तान टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सुपर ८ को अन्तिम खेलमा बंगलादेशलाई डीएलएस मेथडमा ८ रनले हराउँदै अफगानिस्तान आईसीसी टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो।

अफगानिस्तानको जितसँगै अस्ट्रेलिया विश्वकपको सुपर ८ बाटै बाहिरिएको छ। अस्ट्रेलिया २ अंकमा तालिकाको तेस्रो स्थानमा छ। सुपर ८ मा बंगलादेश भने जितविहीन रह्यो। 


अफगानिस्तानले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको बंगालदेशले १७.५ ओभरमा १ सय ५ रन बनाउँदा अलआउट भयो। वर्षाका कारण बीचमै खेल रोकिएपछि १ ओभर घटाइएको थियो। बंगलादेशका ओपनर लिटोन दास ५४ रनमा नटआउट रहे। उनले ४९ बलमा ५ चौका र १ छक्का हाने। तोहिड ह्दोयले १४ र सौम्य सरकारले १० रन थपे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

अफगानिस्तानका रासिद खान र नविन उल हकले समान ४ विकेट लिए। फजहक फारुकी र गुलाबीदिन नैवले समान १ विकेट लिए। 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय १५ रनको योगफल तयार पारेको थियो। 

ओपनर रहमुल्लाह गुरवाजले बनाएको ४३ रन नै अफगानिस्तानका लागि सर्वाधिक रह्यो। उनले ५५ बलमा ३ चौका र १ छक्का हाने। 

अर्का ओपनर इब्राहिम जड्रानले २९ बलमा १ चौका सहयोगमा १८ रन बनाए। कप्तान रासिद खान १९ र करिम जनत ७ रनमा नटआउट रहे। अज्मतुल्लाह ओमरजाइले १० रन थपे। 

बंगलादेशका लागि रिसद होसैनले ३ विकेट लिए। मुस्तफिजुर रहमान र ताक्सिन अहमदले समान १ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ