२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

इङल्याण्डलाई हराउदै भारत टी- २० विश्वकपको फाइनलमा

२०८१, १४ असार शुक्रबार ०२:२८

असार १४, काठमाडौँ । भारत टी- २० विश्वकपको फाइनलमा पुगेको छ । गएराती सम्पन्न सेमिफाइनलमा इङल्याण्डलाई ६८ रनले पराजित गर्दै भारत प्रतियोगिताको फाइनलमा पुगेको हो ।

भारतले सन् २०१४ पछि टी२० विश्वकपको फाइनलमा स्थान बनाएको हो । भारतले दिएको १७२ रनको लक्ष्य पचाएको इङल्याण्ड १६.४ ओभरमा १०३ रन बनाएर अल आउट भएको थियो । 

इंग्ल्यान्डका ह्यारी ब्रुकले सर्वाधिक २५ रन बनाए । कप्तान जस बटलरले २३ रन बनाए । जोफ्रा आर्चार २१ रन बनाए । भारतका लागि बलर अक्षर पटेलले ३ विकेट लिए । कुलदीप यादवले ३ विकेट लिए । जस्प्रित बुमराहले २ विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७१ रन बनाएको थियो । भारतको जितमा कप्तान रोहित शर्माले सर्वाधिक ५७ रन बनाए । सूर्यकुमार यादवले ४७ रन बनाए । हार्दिक पान्ड्या २३, विराट कोहली ९, ऋषभ पन्त ४ र शिबम दुबे शून्यमा आउट भए । त्यस्तै रविन्द्र जडेजाले १७ र  अक्षर पटेलले १० रन बनाए ।

इंग्ल्यान्डका लागि बलर क्रिस जोर्डनले ३ विकेट लिए । रिस टोप्ली, जोफ्रा आर्चर, साम करन र आदिल राशिदले १–१ विकेट लिए ।

अब भारतले उपाधिका लागि दक्षिण अफ्रिकाको सामना गर्ने भएको छ । फाइनल खेल शनिबार राति ८: १५ बजेदेखि हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै