२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

टी-२० विश्वकप: विजेता भारतलाई २० करोड ३६ लाख भारतीय रुपैयाँ पुरस्कार, अन्यलाई कति?

२०८१, १६ असार आईतवार ०७:१३

असार १६, काठमाडौँ । सन् २०२४ को आईसिसी टी–२० पुरुष विश्वकप क्रिकेटको उपाधि भारतले आफ्नो नाम गरेको छ। शनिवार भएको फाइनल खेलमा साउथ अफ्रिकालाई रोमाञ्चक खेलमा ७ रनले हराउँदै भारतले १७ वर्ष पछि उपाधि आफ्नो नाम गरेको हो।

यस वर्षको विश्वकप क्रिकेटमा भारत अपराजित रहँदै उपाधि हात पारेको छ। आईसिसीले टी–२० विश्वकपका लागि ११.२५ मिलियन डलर अर्थात् ९३ करोड ५१ लाख भारतीय रुपैयाँको पुरस्कार घोषणा गरेको थियो। जसमा विजेता भारतले २० करोड ३६ लाख भारतीय रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता साउथ अफ्रिकाले १०.६४ करोड भारतीय रुपैयाँ हासिल गरेको छ।


यस्तै सेमिफाइनलमा पुगेको अफगानिस्तान र इङ्ग्ल्यान्डले ६ करोड ५४ लाख भारतीय रुपैयाँ प्राप्त गरेको छ।

सन् २०२४ को टी–२० विश्वकप क्रिकेटमा विश्वभरका २० टीमले सहभागीता जनाएका थिए। जसमा सुपर ८ को दोस्रो राउन्डबाट अघि नबढेका टीमलाई ३ करोड १७ लाख भारतीय रुपैयाँ प्रदान गरिएको छ। 

त्यस्तै ९ देखि १२ औँ स्थानसम्म रहेका टीमलाई २ करोड ५ लाख प्रदान गरियो भने १३ औँ देखि २० औँ स्थानसम्म रहेका टीमलाई १ करोड ८७ लाख भारतीय रुपैयाँ प्रदान गरिएको छ। त्यसबाहेक पहिलो र दोस्रो राउन्डको खेलमा जित निकाल्ने टीमलाई २५ लाख ८९ हजार भारतीय रुपैयाँ प्रदान गरियो।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै