२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

टी-२० विश्वकप: विजेता भारतलाई २० करोड ३६ लाख भारतीय रुपैयाँ पुरस्कार, अन्यलाई कति?

१६ असार २०८१, आईतवार ०७:१३

असार १६, काठमाडौँ । सन् २०२४ को आईसिसी टी–२० पुरुष विश्वकप क्रिकेटको उपाधि भारतले आफ्नो नाम गरेको छ। शनिवार भएको फाइनल खेलमा साउथ अफ्रिकालाई रोमाञ्चक खेलमा ७ रनले हराउँदै भारतले १७ वर्ष पछि उपाधि आफ्नो नाम गरेको हो।

यस वर्षको विश्वकप क्रिकेटमा भारत अपराजित रहँदै उपाधि हात पारेको छ। आईसिसीले टी–२० विश्वकपका लागि ११.२५ मिलियन डलर अर्थात् ९३ करोड ५१ लाख भारतीय रुपैयाँको पुरस्कार घोषणा गरेको थियो। जसमा विजेता भारतले २० करोड ३६ लाख भारतीय रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता साउथ अफ्रिकाले १०.६४ करोड भारतीय रुपैयाँ हासिल गरेको छ।


यस्तै सेमिफाइनलमा पुगेको अफगानिस्तान र इङ्ग्ल्यान्डले ६ करोड ५४ लाख भारतीय रुपैयाँ प्राप्त गरेको छ।

सन् २०२४ को टी–२० विश्वकप क्रिकेटमा विश्वभरका २० टीमले सहभागीता जनाएका थिए। जसमा सुपर ८ को दोस्रो राउन्डबाट अघि नबढेका टीमलाई ३ करोड १७ लाख भारतीय रुपैयाँ प्रदान गरिएको छ। 

त्यस्तै ९ देखि १२ औँ स्थानसम्म रहेका टीमलाई २ करोड ५ लाख प्रदान गरियो भने १३ औँ देखि २० औँ स्थानसम्म रहेका टीमलाई १ करोड ८७ लाख भारतीय रुपैयाँ प्रदान गरिएको छ। त्यसबाहेक पहिलो र दोस्रो राउन्डको खेलमा जित निकाल्ने टीमलाई २५ लाख ८९ हजार भारतीय रुपैयाँ प्रदान गरियो।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ