२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

ग्लोबल टी–२०: दीपेन्द्र र सन्दीपआबद्ध टोलीले आज तेस्रो खेल खेल्दै

१३ श्रावण २०८१, आईतवार ०९:००

साउन १३, काठमाडौं |  क्यानडामा जारी ग्लोबल टि ट्वान्टी लिगमा नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछानेआबद्ध टोलीले तेस्रो खेल खेल्दैछ ।

दीपेन्द्र र सन्दीपआबद्ध भेनकुवर नाईट्सले आफ्नो तेस्रो खेलमा मोन्ट्रियल टाईगर्सविरुद्ध खेल्दैछ ।

भेनकुवर र मोन्ट्रियलबीचको खेल क्यानडाको सिएए सेन्टर, ब्राम्पटनमा नेपाली समय अनुसार आइतबार राति पौने ९ बाट सुरु हुँदैछ ।

भेनकुवर पहिलो खेलमा टोरोन्टो नेसनल्ससँग ८ विकेटले पराजित भएको थियो । त्यो खेलमा सन्दीपले १ विकेट लिनुका साथै १५ रन समेत जोडेका थिए ।


भेनकुवरले दोस्रो खेलमा बंगला टाइगर्ससँग समान २२ रनले पराजित भएको थियो । दोस्रो खेलमा सन्दीपले २ विकेट लिनुका साथै अविजित २ रन बनाएका थिए । दोस्रो खेलमा दीपेन्द्रले १ रन बनाएका थिए ।

नेपाली कप्तान रोहित कुमार पौडेलसम्मिलित टोली टोरोन्टो नेसनल्नको खेल सोमबार बिहान आफ्नो तेस्रो खेल खेल्नेछ ।

ब्रैम्प्टन वुल्भ्ससँगको खेलमा रोहितले ब्याटिङको मौका पाएनन् । टोरोन्टोले वुल्भ्ससँगको खेल ८ विकेटले हराएको थियो ।

रोहितआबद्ध टोरोन्टो नेसनल्सले तेस्रो खेलमा सरे ज्याकवार्सको सामना गर्नेछ । नेसनल्स र सरेबीचको खेल सोमबार बिहान पौने २ बजे सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ