२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

श्रीलङ्काविरुद्ध पहिलो हाफमा नेपाललाई अग्रता

२०८१, २ भाद्र आईतवार १०:२८

भदौ २, काठमाडौँ । यु–२० पुरुष साफ च्यामिपयनसिप फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको उद्घाटन खेलमा श्रीलङ्काविरुद्ध पहिलो हाफमा नेपालले १-० अग्रता लिएको छ । खेलको २३ मिनेटमा नै नेपालले अग्रता लिएको हो । तर नेपाली फरवार्ड फिनिसिङमा भने चुके। 

साफ यू-२० च्याम्पियनसिपका म्याच कमिसनरले दशरथ रंगशालाको मैदानलाई अयोग्य घोषित हुने बताएसँगै प्रतियोगिता एन्फा कम्प्लेक्स सरेको हो।

प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, बंगलादेश र श्रीलंका छन्। समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान छन्।

यसअघि दशरथ रंगशालाको मैदानको अवस्था खराब भएपछि त्यसको विकल्पमा अर्को मैदानमा खेलाउन एन्फाले दक्षिण एसियाली फुटबल महासंघ (साफ) लाई पत्राचार गरेको थियो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा साफ यू-२० प्रतियोगिता गराउन सकिने विषयमा साफलाई एन्फाले पत्राचार गरेको थियो।

यसअघि मंगलबार एएफसी च्यालेन्ज लिगअन्तर्गत नेपालको लिग च्याम्पियन चर्च ब्वाइज क्लब र भुटानको पारोबीच प्रारम्भिक चरणको खेलमा दशरथ रंगशालामा खेल भएको थियो।

तर मैदान हिलो हुँदा आलोचना भएको थियो। हिलोका कारण बल राम्ररी गुड्न सकेको थिएन भने दश मिनेटको खेल नसकिदै दुवै टोलीका खेलाडी जर्सी तथा बुट हिलाम्मे भएको थियो। यस्तै चिप्लोका कारण खेलाडीहरुलाई कुद्न समस्या भएको थियो भने प्रहार गरेको बल ठाँउमा पुग्न कठिनाइ भएको थियो।

खेलमा जापानी स्टार होन्डाले पारोको कप्तानी गरेका थिए। उनको कप्तानीमा पारोले २-१ ले खेल जितेको थियो। खेलअघि होन्डा तथा पारोले मैदानको अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै खराब भएको प्रतिक्रिया दिएका थिए।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !