२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

श्रीलङ्काविरुद्ध पहिलो हाफमा नेपाललाई अग्रता

२ भाद्र २०८१, आईतवार १०:२८

भदौ २, काठमाडौँ । यु–२० पुरुष साफ च्यामिपयनसिप फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको उद्घाटन खेलमा श्रीलङ्काविरुद्ध पहिलो हाफमा नेपालले १-० अग्रता लिएको छ । खेलको २३ मिनेटमा नै नेपालले अग्रता लिएको हो । तर नेपाली फरवार्ड फिनिसिङमा भने चुके। 

साफ यू-२० च्याम्पियनसिपका म्याच कमिसनरले दशरथ रंगशालाको मैदानलाई अयोग्य घोषित हुने बताएसँगै प्रतियोगिता एन्फा कम्प्लेक्स सरेको हो।

प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, बंगलादेश र श्रीलंका छन्। समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान छन्।

यसअघि दशरथ रंगशालाको मैदानको अवस्था खराब भएपछि त्यसको विकल्पमा अर्को मैदानमा खेलाउन एन्फाले दक्षिण एसियाली फुटबल महासंघ (साफ) लाई पत्राचार गरेको थियो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा साफ यू-२० प्रतियोगिता गराउन सकिने विषयमा साफलाई एन्फाले पत्राचार गरेको थियो।

यसअघि मंगलबार एएफसी च्यालेन्ज लिगअन्तर्गत नेपालको लिग च्याम्पियन चर्च ब्वाइज क्लब र भुटानको पारोबीच प्रारम्भिक चरणको खेलमा दशरथ रंगशालामा खेल भएको थियो।

तर मैदान हिलो हुँदा आलोचना भएको थियो। हिलोका कारण बल राम्ररी गुड्न सकेको थिएन भने दश मिनेटको खेल नसकिदै दुवै टोलीका खेलाडी जर्सी तथा बुट हिलाम्मे भएको थियो। यस्तै चिप्लोका कारण खेलाडीहरुलाई कुद्न समस्या भएको थियो भने प्रहार गरेको बल ठाँउमा पुग्न कठिनाइ भएको थियो।

खेलमा जापानी स्टार होन्डाले पारोको कप्तानी गरेका थिए। उनको कप्तानीमा पारोले २-१ ले खेल जितेको थियो। खेलअघि होन्डा तथा पारोले मैदानको अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै खराब भएको प्रतिक्रिया दिएका थिए।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ