भदौ ४, काठमाडौँ । २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा बंगलादेशले श्रीलंकालाई हराएकाे छ । यससँगै नेपाल एक खेलअघि नै सेमिफाइनलमा पुगेकाे छ ।
ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा बंगलादेशले श्रीलंकालाई २–० गाेलले हराएकाे हाे । जितसँगै बंगलादेश पनि सेमिफाइनलमा पुगेकाे छ ।
लगातार दुई खेल हारेपछि श्रीलंका समूह चरणबाटै बाहिरिएकाे छ । नेपालले पहिलाे खेलमा श्रीलंकालाई १–० गाेलले हराएकाे थियाे । समूह 'ए' काे अन्तिम खेलमा पर्सि बिहीबार नेपाल र बंगलादेश खेल्नेछन् ।
प्रतियाेगितामा भाेलि समूह 'बी' का माल्दिभ्स र भुटान खेल्दै छन् । प्रतियोगिताको समूह 'ए' मा आयोजक नेपालसहित बंगलादेश र श्रीलंका तथा समूह 'बी' मा भारत, माल्दिभ्स र भुटान छन् ।