२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

अमेरिकाको भिसा प्रक्रिया नटुंगिदा सन्दीपसहित ५ खेलाडी रोकिए

२०८१, १७ भाद्र सोमबार ०९:५३

भदौ १७, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली विश्वकप लिग–२ को तयारी गर्न आइतबार श्रीलंका प्रस्थान गरेको छ। टोलीले सोमबारदेखि नै त्यहाँ अभ्यास गर्ने तालिका छ। 

तर नेपालबाट सिधै श्रीलंका गएको टोलीमा घोषित ५ खेलाडी भने भिसा प्रक्रियाका कारण रोकिएका छन्। नेपालले रोहित पौडेलको कप्तानीमा १९ सदस्यीय टोली घोषणा गरेको छ। तर आइतबार नेपालबाट १२ जना मात्रै श्रीलंका गएका छन्। कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरी ग्लोबल टी–२० खेलेर क्यानडाबाटै श्रीलंका पुग्ने छन्।  भारतको बेंगलुरुमा दुई साता अभ्यास गरेर फर्किएका बाँकी ५ खेलाडी भने भिसाको प्रक्रिया नटुंगिँदा टोलीसँग प्रस्थान गर्न नपाएका हुन्।

यसरी आइतबार जान नपाउनेमा सन्दीप लामिछाने, देव खनाल, अर्जुन साउद, भिम सार्की र रिजन ढकाल रहेको क्यानका प्रवक्ता छुम्बी लामाले बताए। उनीहरू अमेरिकाको पनि भिसा लगाउन बाँकी रहेकाले आइतबार जान नपाएको नेपाल क्रिकेट संघ क्यान स्रोतले जानकारी दिएको छ। सन्दीप पनि ग्लोबल टि–२० खेल्न क्यानडामै थिए। तर उनी अमेरिकाको भिसा प्रक्रियाका लागि नेपाल फर्किएका हुन्। 

यसअघि अमेरिका र वेस्टइन्डिजमा भएको टी–२० विश्वकपमा पनि भिसाकै कारण सन्दीपलाई अप्ठेरो परेको थियो। दुई पटक भिसाका लागि आवेदन दिएर अन्तर्वाता दिएका सन्दीपलाई अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको थियो। 


दुई खेलपछि सन्दीप वेस्टइन्डिज पुगेर बाँकी खेलका लागि टोलीमा सामेल भएका थिए। क्यानले भारतमा भएको अभ्यासपछि श्रीलंकामा हुने तीन एकदिवसीय सिरिजका लागि १९ सदस्यीय टोली घोषणा गरेको थियो।

टोलीमा परेसँगै देव खनाल, अर्जुन साउद, भिम सार्की र रिजन ढकालको पनि भिसा प्रक्रिया अगाडी बढाइएको छ।

भिसा प्रक्रिया टुंगो लागेसँगै उनीहरु श्रीलंका प्रस्थान गर्ने नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए। 

रोहित र दीपेन्द्र भने उतैबाट श्रीलंका पुग्नेछन्। बाँकी खेलाडीहरू आशिफ सेख, अनिल साह, आरिफ सेख, कुसल मल्ल, सोमपाल कामी, करण केसी, गुल्सन झा, ललित राजवंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा र कुशल भुर्तेल श्रीलंका पुगेका हुन्। श्रीलंकामा नेपालले सोमबारदेखि नै अभ्यास गर्नेछ।

मंगलबार बिहान साढे ९ बजे श्रीलंका डेभलपमेन्ट टिमसँग पहिलो खेल हुनेछ। बुधबार अभ्यास गर्ने र बिहीबार दोस्रो खेल खेल्ने छ। शुक्रबार अभ्यासपछि शनिबार अन्तिम खेल खेल्ने तालिका क्यानले सार्वजनिक गरेको छ। आइतबार पनि नेपाली टोलीले श्रीलंकामै अभ्यास गर्नेछ। 

त्यसपछि अर्को महिना क्यानडामा विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय सिरिज खेल्नेछ। पहिलो सिरिज घरेलु मैदानमै खेलेको नेपालले क्यानडामा घरेलु टोली क्यानडासँगै ओमानसँग प्रतिस्पर्धा गर्नेछ। 

घरेलु मैदानमा भएको पहिलो सिरिजमा नेपालले एक खेल मात्रै जितेको छ। नेदरल्यान्ड्स र नामिबियासँग ४ खेल खेल्दा नेपाल तीन खेलमा पराजित भएको थियो। 

क्यानडापछि नेपाल अमेरिका जाने तालिका रहेको छ। अमेरिकामा हुने सिरिजमा नेपालले घरेलुटोलीसँगै स्कटल्यान्डसँग भिड्ने छ। लगातार दुई सिरिज खेल्ने भएकाले नेपालले अमेरिकाको सिरिजसम्मको भिसा प्रक्रिया मिलाउनु पर्ने भएको हो। 

सन्दीपको यसअघि भिसा रद्ध भएको र अन्य चार खेलाडीको यसअघिको भिसा नभएकाले प्रक्रिया अगाडी बढाइएको हो। 



 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !