२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

फुटबलको प्रतिष्ठित अवार्ड बालोन डी’ओर को मनोनयन सार्बजनिक, यी ३० जना परे !

२० भाद्र २०८१, बिहीबार ०३:१५

भदौ २०, काठमाडौँ । विश्व फुटबलको प्रतिष्ठित अवार्ड बेलुन डो अरको २०२४ को मनोनयन सार्बजनिक गरिएको छ ।

फ्रान्स फुटबल फेडेरेसनले हरेक बर्ष दिने यो प्रतिष्ठित अवार्डका लागि यस बर्ष ३० जनाको मनोनयन सार्बजनिक गरिएको छ । अब यी ३० जना मध्येबाट नै अक्टोबर २८ मा हुने एक समारोहमा एक जनालाई बेलून डो अर अवार्डले सम्मानित गरिने छ ।

मनोनयनमा परेका खेलाडीमा जुडे बेलिंघम (रियल म्याड्रिड/इङल्याण्ड), रुबेन डियाज (म्यानचेस्टर सिटी/पोर्चुगल), फिल फोडेन (म्यानचेस्टर सिटी/इङल्याण्ड), फेडेरिको भाल्भेर्डे (रियल म्याड्रिड/ उरुग्वे), इमिलियानो मार्टिनेज ( एस्टन भिल्ला/ अर्जेन्टिना), इर्लिंग हलाण्ड (म्यानचेस्टर सिटी/ नर्वे), निको विलियम्स (एथलेटिक क्लब/स्पेन), ग्रान्ट जाखा (बायर लिभरकुसेन/ स्वीजरल्याण्ड), अर्टेम डोभबिक (एस रोमा/युक्रेन), टोनी क्रूज (रियल म्याड्रिड/ जर्मनी), भिनिसियस जुनियर (रियल म्याड्रिड/ब्राजिल), डानी ओल्मो (बार्सिलोना/स्पेन), फ्लोरियान विर्त्ज (बायर लिभरकुसन/जर्मन), मार्टिन ओडेगार्ड (आर्सनल/नर्वे), माट हुमेल्स (रोमा/जर्मनी), रोड्री (म्यानचेस्टर सिटी/स्पेन), ह्यारी केन (बायर्न म्युनिख/इङल्याण्ड), डेकलान राइस (आर्सनल/ इङल्याण्ड), भिटिन्हा (पिएसजी/पोर्चुगल), कोल पार्मर (चेल्सी/इङल्याण्ड), डानी कार्भाजल (रियल म्याड्रिड/ स्पेन), लामिन यमल (बार्सिलोना/स्पेन), बुकायो साका (आर्सनल/इङल्याण्ड), हाकान कलहानोग्लु (इन्टर मिलान/टर्की), विलियम सालिबा (आर्सनल/फ्रान्स), किलीयन एम्बाप्पे (रियल म्याड्रिड/ फ्रान्स), लाउतारो मार्टिनेज (इन्टर मिलान/ अर्जेन्टिना), एडेमोला लुकम्यान (एटलान्टा/नाइजेरिया), एन्टोनियो रुडीगेर (रियल म्याड्रिड/ जर्मनी) र अलेजान्द्रो ग्रिमाल्डो (बायर लिभरकुसन/स्पेन) रहेका छन्  ।

बेलुन डो अरको गत बर्षको अवार्ड जितेका लियोनेल मेसी भने यस बर्ष मनोनयनमा परेका छैनन् । त्यस्तै पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो समेत यस मनोनयनमा रहेका छैनन् । अहिलेसम्म मेसीले ८ पटक र रोनाल्डोले ५ पटक बेलुन डो अर अवार्ड जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का