2026-07-25 07:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

सुदुरपश्चिमाञ्चल क्षेत्रिय पुरुष भलिबल प्रतियोगिताको समापन

कमल रावल, मंसिर २७, अछाम । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत सुदुरपश्चिमाञ्चल क्षेत्रिय पुरुष भलिबल प्रतियोगिताको साफेबगरमा एक कार्यक्रमका बिच समापन गरिएको छ । क्षेत्रिय खेलकुद विकास समितीका कोषाध्यक्ष हिरण्ड भट्राईको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य एकेन्द्र कुवर प्रमुख अथिती रहनु भएको थियो ।

प्रमुख अथिती कुवरले खेलमा हारजित नभई नयाँ आत्मियता कायम हुने भएकाले खेलाडीले अनुशासित ढँगले बढनु पर्ने बताएका थिए । खेलकुदले राष्ट्रलाई चिनाउने भएकाले राष्ट्रका गहनलाई सबैले बचाई राख्नु पर्नेमा जोड दिएका थिए । खेलाडीले मेहनती, लगनशिल, अनुशासित भएर अघि बढन सके सफलता मिल्ने भएकाले यसमा लगनशिल भएर लाग्नु पर्नेमा जोड दिएका थिए ।

अछामका सहायक प्रमुख जिल्ला अधिकारी आनन्द शर्मा भुषाल विशिष्ट अथिती रहनु भएको कार्यक्रममा नेपाली काग्रेसका महासमिती सदस्य राजन कुवर, नेकपा एमाले जिल्ला कमिटी सदस्य शिव कुवर शिलोज, नेकपा माओवादि केन्द्रका सुरत भुल, राष्ट्रिय रेफ्रि लक्ष्मण सिह मणी लगाएतले मन्तव्य राख्दै खेल क्षेत्रको विकासका लागि सबै लाग्नु पर्नेमा जोड दिएका थिए ।

सोही अवसरमा प्रतियोगितालाई सफल पार्न आर्थिक, भौतिक, समाजिक रुपमा सहयोग गर्ने व्यक्तिलाई सम्मान गरिएको थियो । प्रतियोगिता उपसमिती संयोजक हिक्मत कुवरको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संञ्चालन जिल्ला खेलकुद विकास समितीका प्रशिक्षक मिन बहादुर बुड्थापाले गर्नु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक