बाग्लुङ  । राष्ट्रिय प्रतियोगितामा सहभागी भै पदक जित्ने आइटिएफ तेक्वान्दोका खेलाडीहरुलाई बिहीबार बागलुङमा सम्मान गरिएको छ । सातौ राष्ट्रिय खेलकुदको आइटिएफ तेक्वान्दोमा पश्चिमाञ्चलबाट सहभागी बागलुङका ७ खेलाडीहरुले विभिन्न ८ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बाग्लुङ  । राष्ट्रिय प्रतियोगितामा सहभागी भै पदक जित्ने आइटिएफ तेक्वान्दोका खेलाडीहरुलाई बिहीबार बागलुङमा सम्मान गरिएको छ । सातौ राष्ट्रिय खेलकुदको आइटिएफ तेक्वान्दोमा पश्चिमाञ्चलबाट सहभागी बागलुङका ७ खेलाडीहरुले विभिन्न ८ "/>
2026-09-20 03:13 AM
खेलकुद

आइटिएफ खेलाडी नगदसहित सम्मानित

बाग्लुङ  । राष्ट्रिय प्रतियोगितामा सहभागी भै पदक जित्ने आइटिएफ तेक्वान्दोका खेलाडीहरुलाई बिहीबार बागलुङमा सम्मान गरिएको छ । सातौ राष्ट्रिय खेलकुदको आइटिएफ तेक्वान्दोमा पश्चिमाञ्चलबाट सहभागी बागलुङका ७ खेलाडीहरुले विभिन्न ८ पदक जितेका थिए ।

प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेय तथा स्थानिय बिकास अधिकारी    राम प्रसाद आचार्यले खेलाडीहरुलाई सम्मान गर्दै शुभ कामना व्यक्त गरे । उनीहरुले  जिल्लाको सिमित श्रोत साधन अनि खेलाडीहरुको व्यक्तिगत प्रयासबाट प्राप्त उपलब्धी महत्वपूर्ण रहेको बताउदै खेलकुद क्षेत्रको बिकासका लागी सरकारी लगानी कम     रहेको अवस्थामा आफुहरुले सक्ने सम्मको सहयोग र समन्वय गरी उपयुक्त वातावरण निर्माण गर्नको लागि तयार रहेको बताए । जिल्लाको खेलकुद विकास हुन सकेमा जिल्लाले राष्ट्रिय स्तरका अन्य खेलकुदमा समेत राम्रो नजिता ल्याउन र जिल्लालाई चिनाउको लागि सफल हुने भन्दै खेलाडीले आगामी दिनमा पनि कुशल प्रदर्शन गर्नुपर्नेमा जोड दिए ।सो अवसरमा बागलुङ आइटिएफ तेक्वान्दो संघबाट पूर्व घोषणा गरिएको नगद १० हजार स्वर्ण पदक बिजेता दिनेश बुढालाई प्रजिअ पाण्डेयले हस्तान्तरण गरे । बुढाले पुरुष तर्फको ५५–६० केजीको    स्पायरिङमा स्वर्ण पदक जितेका थिए । आर्मि क्लबबाट सहभागी भै महिला तर्फको ६५–७० केजी स्पायरिङमा स्वर्ण बिजेता बागलुङकी बसन्ति बुढालाई समेत सम्मान गरिएको थियो ।सो अवसरमा ५ रजत पदक बिजेता शर्मिला महत, दिपक गौतम, रितु अधिकारी र उमिशा घर्ति तथा २ काश्य पदक बिजेता शिव जि.शी र कामना पुनलाई केही दिनमा नगद पुरस्कार दिइने बागलुङ आइटिएफका अध्यक्ष सस बहादुर पुनले जानकारीगराएका थिए ।नेपाल आइटिएफका सस बहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव राजु खड्काले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो