दिनेश ठकुल्ला/पुस २१, धनगढी । गोल्ड कप विहिन सुदूरपश्चिममा पहिलो पटक प्रथम अन्तराष्ट्रिय आमन्त्रित भागेश्वर ग्रुप सुदुरपश्चिमाञ्चल खप्तड गोल्ड कप सुरु भएको छ ।&nbs"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दिनेश ठकुल्ला/पुस २१, धनगढी । गोल्ड कप विहिन सुदूरपश्चिममा पहिलो पटक प्रथम अन्तराष्ट्रिय आमन्त्रित भागेश्वर ग्रुप सुदुरपश्चिमाञ्चल खप्तड गोल्ड कप सुरु भएको छ ।&nbs"/>

2026-09-19 02:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

सुदुरपश्चिमाञ्चल खप्तड गोल्ड कप सुरु

दिनेश ठकुल्ला/पुस २१, धनगढी । गोल्ड कप विहिन सुदूरपश्चिममा पहिलो पटक प्रथम अन्तराष्ट्रिय आमन्त्रित भागेश्वर ग्रुप सुदुरपश्चिमाञ्चल खप्तड गोल्ड कप सुरु भएको छ । 

सुदूरपश्चिम ११ स्पोर्टस कल्वको आयोजनामा  धनगढीस्थित रगशालामा सुरु गोल्ड कपको विहिबार सासद पुष्करनाथ ओझाले उदघाटन गर्नुभयो । सो अवसरमा बोल्दै उहाँले  सुदूरपश्चिममा फुटवल मैदानको अभावमा फुटवलको विकाश हुन नसकेको भन्दै  आगामी आर्थिक वर्षको बजेटमा अन्तराष्ट्रिय स्तरको फुटवल मैदान निर्माणको लागि बजेट छुटयाउने प्रतिवद्धता जनाउनुभयो । 

सो अवसरमा प्रमुख अतिथि सासद ओझलाई २१ किलोको माला समेत लगाईएको छ । सुदूरपश्चिमको फुटवलको विकाशमा ध्यान केन्द्रित गर्ने उदेश्यले कार्यक्रमका प्रमुख अतिथि ओझालाई २१ किलोको माला लगाईएको आयोजकले जनाएको छ । त्यस्तै विशिष्ट अतिथि अखिल नेपाल फुटवल सघ (एन्फा) का बरिष्ठ उपाध्यक्ष मणि कुवरलाई २१ किलो र मुख्य प्रयोजक भागेश्वर गु्रपका सञ्चालक टेक बहादुर बोगटीलाई ७ किलोको माला लगाईएको थियो ।  यसैबीच, आज भएको उद्घाटन खेलमा भारतको पाहुना टोली पञ्जाब केफसी विजयी भएको छ । 

धनगढी स्थित क्षेत्रीय रङ्गशालामा भएको खेलमा पञ्जाब केफसी ३–२ गोल अन्तरले नेपालगञ्ज–११ लाई पराजित गरेको हो । पञ्जाब केफसीको जितमा जर्सी नम्बर ११ का खेलाडी लक्कीले दुई र ८ नम्बर जर्सीका रिमीले एक गोल गर्नुभयो । खेलको पहिलो हाफमा रिमीको गोलबाट अग्रता लिएको पञ्जाब केफसीलाई लक्कीले दोस्रो गोलको अग्रता दिलाउनुभयो । 

पहिलो हाफमै नेपालगञ्ज–११ का विक्रमसिंह ठकुरीले एक गोल फर्काए पनि थप गोल हुन सकेन । खेलको मध्यान्तरमा पञ्जाबका लक्कीले थप एक गोल गर्दै ३–१ को अग्रता दिलाउनुभयो । मध्यान्तरपछि नेपालगञ्ज–११ ले केहि आक्रामक खेलेपछि आत्तिएको पञ्जाबले आफ्नै पोष्टमा आत्मघाती गोल गर्दा खेल ३–२ को स्थितिमा पुगेको थियो । 

त्यसबेला नेपालगञ्जले पहिलो हाफको भन्दा राम्रो खेलेको थियो । तर, पाएको मौकाको सदुपयोग गर्न नसकेपछि सुरुवाती खेलमै पाहुना टोलीसंग स्तब्ध हुनु परेको छ । पञ्जावलाई जिताउनका लागि उसको गोलकिपरले समेत उत्कृष्ट बचाउ गर्नुभयो । खेलमा उत्कृष्ट बचाउ गर्नु भएका पञ्जाबका गोलकिपर गुरुजितसिंह म्यान अफ द म्याच घोषित भइ पुरस्कृत हुनुभयो । 

उहाँलाई पाँच हजार रुपैया पुरस्कार प्रदान गरिएको छ । भोली वेष्ट काठमाण्डौं र डुकस्टार एफसी भुटानबीच खेल हुने आयोजकले जानकारी दिएको छ । मुख्य प्रायोजक भागेश्वर गु्रप र सह–प्रायोजक नेपाल टेलिकम रहेको प्रतियोगिताको विजेता टिमले  ५ लाख लाख र उपबिजेताले २ लाख ५१ ह्जार रुपैया प्राप्त गर्नेछ ।  

प्रतियोगितामा तीन विभागीय टोली सहित नेपालको १०,  भारतको २ र भुटानको १ गरि १३  ए डिभिजन कल्वको सहभागीता रहेको छ ।  प्रतियोगीता अवलोकनका लागी  ५० र १ सय रुपैया टिकटदर कायम गरिएको छ भने सिजनल कार्डको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगीताको डिस होमले प्रत्यक्ष प्रसारण गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई