पढ्न करिब 3 मिनेट लाग्छ

पुस २२, धनगढी । कैलालीको धनगढीमा जारी प्रथम अन्तराष्ट्रिय आमन्त्रित भागेश्वर गुप्र सुदुरपश्चिम खप्तड गोल्डकपको शुक्रवार भएको खेलमा भुटानको डकस्टार फुटवल क्लव विजयी भएको छ । धनगढी रंगशालामा दिउसो भएको खेलमा डकस्टारले वेष्ट काठमाण्डौलाई ४—१ ले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो ।

सुदुरपश्चिम ११ फुटवल क्लवको आयोजनामा भईरहेको गोल्डकपको शुक्रवार भएको खेलको पहिलो हाफमा वेष्ट काठमाण्डौले गोल गर्दै अग्रता कायम ग¥यो । जर्सी नम्वर १३ का कप्तान समीरजंग कार्कीले गोल गरेका हुन । पहिलो हाफमा १—० ले अगाडी रहेको वेष्ट काठमाण्डौले दोस्रो हाफमा तालमेल विगार्दा डकस्टारका लागि जर्सी नम्वर २० का पेम्वा राईले ५६ औं मिनेटमा गोल गर्दै खेल वरावरी गरे ।

वरावरीपछि केही आक्रमक रुपमा प्रस्तुत भएको डकस्टारका लागि जर्सी नम्वर ७ का क्यान्चो तोवगे चम्किदै उनले ह्याट्रिक गरेपछि डकस्टारले सानदार जित हासिल गरेको हो । ५९ औं मिनेटमा पहेलो कार्ड पाएका क्यान्चोले ७१ औं, ८४ औं र ८९ औं मिनेटमा गोल गरेका हुन । क्यान्चो भुटानको राष्ट्रिय टोलीका सदस्य हुन । डकस्टार भुटानको थिम्पुमा रहेको त्यहाको ए डिभिजनका १० वटा क्लवमध्ये उत्कृष्ट ४ मा पर्ने क्लव हो ।

खेलमा चार वटा पहेलो कार्ड समेत दिईएको थियो । वेष्ट काठमाण्डौका जर्सी नम्वर १७ का मिलन पुरीले पहिलो हाफको ४१ औ मिनेटमा र जर्सी नम्वर १४ का अनिश श्रेष्ठले दोस्रो हाफको ९० औं मिनेटमा पहेलो कार्ड पाएका हुन । डकस्टारका जर्सी नम्वर ७ का क्यान्चो तोवगे र जर्सी नम्वर १६ का राम राईले दोस्रो हाफको ९० औं मिनेटमा पहेलो कार्ड खाए ।

ह्याट्रिकपछि खुशी व्यक्त गर्दै डकस्टारका स्ट्राईकर क्यान्चो तोवगेले दोस्रो हाफमा सवै खेलाडीहरुको टीम वर्कका कारण जित्न सफल भएको वताउनुभयो । उहाले सुरुवातमा गोल खाएर दवावमा परेको भएपनि पछि सवै खेलाडीहरुको कडा मेहनतका कारण सानदार जित हासिल गरिरहेको प्रतिक्रिया दिनुभयो ।

डकस्टारका प्रशिक्षक कोता नामगेन्जनले रणनिति अनुसार खेलेका कारण जित हासिल गरेको वताउनुभयो । सुरुवातमा आफ्ना खेलाडीहरु मानसिक रुपमा तयार नभएको भएपनि पछि विपक्षीको भन्दा राम्रो खेलेको वताउदै कोताले वेष्ट काठमाण्डौका खेलाडीले व्यक्तीगत रुपमा राम्रो खेलेको वताउनुभयो ।

वेष्ट काठामण्डौका प्रशिक्षक सुन्दर थापाले केही खेलाडीहरु अन्य गोल्डकप खेल्ने गएको र केही खेलाडी घाईते भएका कारण जित हासिल गर्न नसकिएको वताउनुभयो । उहाले एक गोलको अग्रता लिएको अवस्थामा गोलरक्षकको गल्तीले खेल वरावरी भएपछि खेल गुमाएको प्रतिक्रिया दिनुभयो ।

माघ १ गतेसम्म चल्ने गोल्डकप अन्तर्गत शनिवारको खेलमा भारतको दिल्ली युनाईटेड र काठमाण्डौको व्वाईज युनियन क्लव वीच प्रतिस्पर्धा हुने आयोजक सुदुरपश्चिम ११ क्लवका सदस्य ओम विक्रम चन्दले जानकारी दिनुभयो ।

गोल्डकप विजेताले रु ५ लाख र उपविजेता रु ढाई लाख तथा उत्कृष्ट खेलाडीले यमाहा मोटरसाईकल पुरस्कार व्यवस्था रहेको छ ।