Skip to content
Friday, July 17, 2026 Nepali Online Media

दिल्ली युनाईटेड सेमिफाईनलमा प्रवेश, संकटा पनि क्वाटरफाईनलमा

By kit 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

दिनेश ठकुल्ला/पुस २५, धनगढी । भारतको दिल्ली युनाईटेड धनगढीमा जारी खप्तड गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ । काठमाण्डौको संकटा क्लव पनि क्वाटरफाईनलमा पुगेको छ । सोमवार धनगढी रंगशालामा भएको खेलमा पोखराको सहारा क्लवलाई हराउँदै अन्तिम चारमा पुग्दा संकटा जगदम्वा लुम्विनीलाई किनारा लगाएर क्वाटरफाईनलमा पुगेको हो ।

कडा प्रतिस्पर्धामा दिल्ली युनाईटेड पोखराको सहारा क्लवलाई ३—२ ले किनारा लगाउँदै सेमिफाईनल पुगेको हो । पहिलो हाफको १० औं मिनेटमा दिल्लीका लागि जर्सी नम्वर २२ का सन्दीपले गोल गर्दै अग्रता दिलाए । त्यसको ४ मिनेटमा नै सहाराले गोल गर्दै खेल वरावरी गर्यो ।

पहिलो हाफको १४ औ मिनेटमा जर्सी नम्वर ८ का उत्तम गुरुङले गोल गरे । दोस्रो हाफको ४६ औं मिनेटमा दिल्लीका लागि जर्सी नम्वर १९ का थोपी र ५० औं मिनेटमा जर्सी नम्वर २५ का लागोले गोल गर्दै खेललाई ३—१ को स्थितिमा पुराए ।

सहारका लागि ७१ औं मिनेटमा जर्सी नम्वर १० का सामसोनले गोल गरे । त्यसपछि कुनै पनि टीमले गोल गर्न नसकेपछि दिल्लीको पक्षमा नतिजा गएको हो । खेलको म्यान अफ द म्याच भएका जर्सी नम्वर १९ का थोपेले आगामी खेलहरु पनि जितका लागि खेल्ने वताउनुभयो । दिल्लीका प्रशिक्षक क्लेवसोन दउर्ते र कप्तान डोनले सवै खेलाडीहरुको तालमेल मिलेका कारण जितेको वताउनुभयो ।

सहारा क्लवका कुनै पनि पदाधिकारीले खेलको वारेमा प्रतिक्रिया दिएनन् । सोमवार नै धनगढी रंगशालामा भएको खेलमा संकटाले जगदम्वा लुम्विनीलाई २—१ ले पराजित गरेको हो ।

खेलको सुरुवातमा गोल गर्दै लिएको अग्रतालाई वचाउन नसक्दा हार व्यहोर्न वाध्य भएको हो ।

पहिलो हाफको अतिरिक्त समयको १ मिनेटमा नगदम्वा लुम्विनीका जर्सी नम्वर ११ का रितेश मल्लले गोल गरे । पहिलो हाफमा १—० ले अगाडी वढेको अवस्थामा जगदम्वाले दोस्रो हाफको ६४ औ मिनेटमा आत्मघाती गोल गर्यो । जगदम्वाका जर्सी नम्वर १२ का पुर्ण गुरुङले हेड गरेको वल आफ्नै पोष्टमा छिरेको हो ।

वरावरी भएपछि आक्रमण भएको संकटका लागि दोस्रो हाफको ७८ औं मिनेटमा जर्सी नम्वर १४ का सुमीत केसीले गोल गर्दै संकटलाई क्वाटरफाईनलमा पुराएका हुन । जितपछि प्रतिक्रिया दिदै संकटाका प्रशिक्षक सल्यान खड्गीले आफ्नो टीमले मेहनत गरेका कारण जित हासिल भएको वताउनुभयो ।

जगदम्वा लुम्वीनीका प्रशिक्षकक विकास गुरुङले डिफेन्स लाईनका खेलाडी घाईते भएका कारण र अपसाईड वलमा गोल खाएपछि हार व्यहोरेको वताउनुभयो ।