पर्वत । यहि माघ १३ देखि २२ गतेसम्म संचालन हुन लागेको पश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा पाँ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । यहि माघ १३ देखि २२ गतेसम्म संचालन हुन लागेको पश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा पाँ"/>
2026-09-20 02:52 AM
खेलकुद

पाँचौ पर्बत महोत्सवमा फुटबल प्रतियोगिता हुने

पर्वत । यहि माघ १३ देखि २२ गतेसम्म संचालन हुन लागेको पश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा पाँचौ पर्वत महोत्सवमा सेभेन ए साइट फुटबल प्रतियोगिता हुने भएको छ । महोत्सव शुरु हुनको लागि अब केहि दिन बाँकी छ । महोत्सवको प्रचारप्रसार तथा महोत्सवको लागि आवश्यक स्टल तथा स्टेज बनाउने कार्य तिब्र रुपमा भैराखेको छ ।


यसैविच आयोजकले महोत्सवलाई खेलकुदमय बनाउनको लागि धौलागिरी अंचल भित्र छरिएर रहेका खेलाडीहरुको आफ्नो खेलको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथ सेभेन ए साइट फुटबल प्रतियोगिता गर्ने भएको छ । उसो त महोत्वमा पश्चिमाञ्चल जिल्ला स्तरीय भलिबल प्रतियोगिताको आयोजना समेत हुनेछ । तर महोत्सवलाई भलिबलमा मात्रै सिमित नराखि आयोजकले फुटबल प्रतियोगिता समेत गरेर महोत्सवलाई थप रोमाञ्चक बनाउने भएको छ ।


कुश्मामा खेलमैदानको अभाब हुदा हुदै पनि खेलाडीहरुको मनोबल उच्च राख्नको लागि र आगामी दिनमा खेलमैदानको पहल गर्नेका लागि पनि खेल आयोजना गर्न लागिएको महोत्सव आर्थिक संयोजक गोपी अधिकारीले बताए । उनका अनुसार सेभेन ए साइट फुटबल प्रतियोगिता माघ १८ देखि २२ गतेसम्म  चल्नेछ  जसको व्यवस्थापन संगित तथा इलेक्ट्रोनिक्स व्यवसायी संघको गरेको छ ।


पाँचौ पर्वत महोत्सव आउनको लागि हप्तादिन मात्रै बाँकी रहदाँ जिल्लाको कुश्मा बजार दुलही सरह सिंगारिएको छ । महोत्सवलाई सफल तुल्याउनको लागि र सम्य र भव्य बनाउनको लागि तयारी तिब्र रुपमा चलिरहेको छ । 

महोत्सवमा पश्चिमाञ्चल स्तरीय भलिबल प्रतियोगिता समेत हुनेछ । भलिबल प्रतियोगिताको विजेताले १ लाख १ सय ११, द्धितियले ५० हजार १ सय ११ पाउनेछन् । साथै प्रतियोगितामा सेमिफाइनलमा पराजित हुने २ समुहले २० हजार १ सय ११ प्राप्त गर्ने आयोजक समितिले जनाएको छ । भलिबल प्रतियोगिताको लागि दर्ता शुल्क ५ हजार तय गरिएको छ । 

त्यस्तै महोत्सवमा खुल्ला रत्यौली प्रतियोगिता समेत हुनेछ । समाजमा रहेका रितिरिवाज तथा स्थानीय सस्कृतिको संरक्षण र जर्गेना गर्ने उदेश्यले रत्यौली प्रतियोगिताको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । महोत्सवमा हुने रत्यौली प्रतियोगितामा विजेता हुने समुहले १२ हजार नगद प्राप्त गर्नेछ । त्यसैगरी उपविजेताले ८ हजार, तृतीयले ५ हजार प्राप्त गर्नेछ भने दर्ता शुल्क १ हजार तोकिएको छ । रत्यौली प्रतियोगितामा भाग लिने समुहमा प्रति समुह १० जनाभन्दा माथि हुन नपाउने आयोजकले साझासवाललाई बतायो ।

त्यसैगरी महोत्सवमा बालप्रतिभाको प्रस्फुटन गराउनको लागि खुल्ला विद्यालय स्तरीय नृत्य प्रतियोगिता समेत आयोजना हुनेछ । जसमा विजेता हुनेले १० हजार, द्धितियले ७ र तृतीयले ४ हजार नगद प्राप्त गर्नेछन् । नृत्य प्रतियोगितामा भाग लिने सहभागी समुह वा विद्यालयले दर्ता शुल्क ५ सय रुपैयाँ तिर्नुपर्नेछ ।

महोत्सवमा छेलो प्रतियोगिता, स्थानीय भेषभुषा तथा झाँकी, शैक्षिक, कृषि प्रदर्शनी हुनेछन् । माघ १३ देखि २२ गतेसम्म १० दिन संचालन हुने पर्वत महोत्सवमा साहसिक पर्यटनमा सहभागी हुन तथा अग्ला र लामा पुल, यान्त्रिक पुल, गुफाहरु, सह्रस्रधारा लगायतका पर्यटकीय स्थलहरु हेर्न चाहनेहरुका लागि आयोजकले प्याकेजमै अवलोकन गराउने व्यवस्था समेत मिलाएको जनाएको छ । पर्वत उद्योगा बाणिज्य संघले महोत्सवलाई सफल बनाउनको लागि ४६ वटा उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँड समेत गरेको छ । उपसमितिले आ–आफ्नो काम तीव्रगतिमा गरिरहेको महोत्सव मूल आयोजक समितिले साझासवाललाई जानकारी दिएको छ ।

महोत्सवको उद्घाटनको अवसरमा प्याराग्लाइडिङबाट पुष्पबृष्टि गरिने चाँजोपाँजो मिलाइएको छ भने  याराग्लाइड गर्न चाहनेहरुलाई दुर्लुङदेखि कुश्मासम्म यात्रा गर्न सकिने व्यवस्था मिलाइएको  जनाइएको छ । 

कालीगण्डकीमा हुने साहसिक जलयात्रालाई प्रोत्साहन गर्न महोत्सवको पूर्वसन्ध्यामा कालीगण्डकी सरसफाई अभियान राखिएको र महोत्सव अवधिभर इच्छुक जो कोही पनि महोत्सवको सचिवालयमा सम्पर्क राखी जलयात्रा गर्न सक्ने प्रबन्ध मिलाइएको मूल आयोजकले सहारान्यूजलाई जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो